Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ। चालक तनहुँकै म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय रामबहादुर दमाईको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो।
काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा क्वार्टरमा १ दशमलव ५ देखि १ दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो । गत मार्चमै पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महंगै निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने भविष्यवाणी अर्थविद्हरूले गरेका छन् । यो वर्षको अन्त्यसम्ममा बैंकहरूले फेडरल रिजर्भ बैंकबाट सापटी लिंदा ३ दशमलव ४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने बताइएको छ । यसले सर्वसाधारण पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ…
बागमती । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन्। उनले कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता कम भएको देखिएकोले खारेज गरिएको बताए। कृषि क्षेत्रको रूपान्तरणका लागिर्न कृषि तथा पशुपन्छी पालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकरण गर्न जोड दिएको बताए। बागमतीको बजेटमा आगामी वर्षदेखि वास्तविक किसानलाई सहयोग पुर्याउने उद्देश्यले घुम्तीकोष स्थापना गरी समूह, निजी तथा सहकारी लक्षित गरी…
काठमाडौं । नेकपा एमालेले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण दिने भएको छ। पार्टीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा हुनेछ। प्रशिक्षण अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख गरी ४ सय ४५ जना जनप्रतिनिधि र पार्टीका शीर्ष नेताहरु सहभागी हुने उपप्रमुख रिजालले बताए। नवनिर्वाचित जनप्रतिनिधिहरुलाई चुनावी घोषणा पत्र, आगामी दिनमा कसरी अगाडी बढेर जाने तथा राष्ट्रिय राजनीति लगायत विविध विषयमा पशिक्षण दिइने उनको भनाइ छ। स्थानियतहको मत परिणाममा दोस्रो स्थानमा रहेको एमालेले प्रमुखमा ८२,…
काठमाडौं । आज एकै दिन एकलाख बढी बिरुवा रोपी आठौँ चुरे दिवस मनाइँदैछ। राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोपी दिवस मनाउन लागेको हो। चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई नै प्रत्येक वर्ष २ असारमा चुरे दिवस मनाउने गरिएको छ। वृक्षरोपण अभियानको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकास्थित विशाल सामुदायिक वनबाट गर्ने े र बाँकी देशभरका समितिका एकाइ तथा वन कार्यालयबाट हुनेछ। असार महिना वृक्षरोपण महिनाका रूपमा मनाउँदै महिनाभरि कम्तिमा पाँच लाख वृक्षरोपण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ। समितिले यो अभियानमा सबै सरोकारवालालाई सहभागिताका लागि…
अमेरिकासँग एसपीपी सम्झौता नगरेको नेपाली सेनाको स्पष्टीकरण, २०१९मा नै सदस्य दिएको अमेरिकाको दाबी
काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको स्पष्ट पारेको छ । अमेरिकाले सैन्य सम्झौताका लागि प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि नेपाली सेनाले स्पष्टीकरण दिएको हो । सेनाले त्यसखालको सम्झौता भविष्यमा पनि गर्ने कुनै प्रक्रिया नभएको बताएको छ । सेनाले हिजो राति एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारहरुमा सेनाको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ‘एसपिपी सम्बन्धी कुनै सम्झौता वा समझदारी अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ सेनाको विज्ञप्तिमा…
हेटौंडा । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेट प्रस्तुत गरेका हुन् । सरकारले चालु आर्थिक वर्षको भन्दा ठूलो बजेट ल्याएको छ । चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ । प्रदेश सरकारले चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात् १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात् ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय…
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उनले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने स्पष्ट पारेका हुन् । शीर्ष नेताबीचको छलफलबारे जानकारी दिँदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति नभई प्रधानमन्त्री देउवाले कुनै पनि सम्झौता गर्न नहुने जानकारी दिए । संयुक्त राज्य अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे सार्वजनिक बहस चलिरहेका बेला प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता जनाएका हुन् । नेकपा (माओवादी केन्द्र)…
काठमाडौँ । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा समर्थन नगर्न दबाव दिदै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले काठमाडौँमा प्रदर्शन गरेको छ । माइतीघरमा भेला भएका अखिल क्रान्तिकारीका कार्यकर्ताले एसपीपी समर्थन नगर्न, एमसीसी खारेज गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेको हो । हालै अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्रामको मस्यौदा समर्थनका लागि पठाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि छिट्टै अमेरिका भ्रमणमा जान लागेपछि यही एसपीपीमा समर्थन गर्न जान लागेको भन्दै विरोध भइरहेको छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब रुपैयाँ बजेट कटौती गरेको गुनासो गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री जनार्दन शर्माले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट काटिदिएको गुनासो गरेका हुन् । बजेट कटौती गरिदिँदा स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम प्रभावित हुने अवस्था सृजना भएको भन्दै उनले बजेटको आकार बढ्दा पर्यटन मन्त्रालयको भने कटौती गरिएको बताए । बजेटको आकार ९.८ प्रतिशत बढ्ने, तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिने…