Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सवारी दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते

    सवारी दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते

    By सूचनापाना४ असार २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

    SuchanaPana.com

    चितवनको रत्ननगर नगरपालिका ९ गणेशचोकमा शनिबार बिहान सवारी साधनको ठक्करबाट साइकलयात्री रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको मृत्यु भएको छ। गम्भीर घाइते दराईको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

    टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले बिहान ५ बजे साइकलयात्री दराईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ।

    यसैगरी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थली मनहरा चोकमा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

    दुर्घटनामा परी मोटरसाइकल चालक ललितपुरको धापाखेलका २१ वर्षीय विजय श्रीमालीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका बिजयको उपचारका क्रममा कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा मृत्यु भएको हो।

    घाइते भएका मोटरसाइकलमा सवार ललितपुरकै हात्तीवनका २२ वर्षीय रक्षक क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ९८ प ४२७० नम्बरको मोटरसाइकल गएराति १२ बजे अनियन्त्रीत भई पल्टिएको प्रहरी वृत्त थिमीले जनाएको छ।

    यस्तै, रूपन्देहीको कञ्चना गाउँपालिका ४ बुद्धचोक स्थित लुम्बिनी फायरलाईन सडक खण्डमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्। मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय ठडबहादुर बिक घाइते भएका प्रहरीले जनाएको छ।

    शुक्रबार बेलुकी करिब साढे ८ बजे रूपन्देहीको लुम्बिनी फायर लाइन सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु ८ प ७४७४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको हो। मोटरसाइकल चालक फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुर रूपन्देहीले जनाएको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी…

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार

    आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह

    ९ जेष्ठ २०८२, बिहीबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.