Author: सूचनापाना

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा अब उप्रान्त नेपाल संलग्न नहुने भनी अमेरिकालाई स्पष्ट भन्न निर्देशन दिएको छ । शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालगायतसँग एसपीपी’ विषयमा छलफल गरेपछि समितिले यस्तो निर्देश गरेको हो ।‘अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिक हिस्साका रूपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले सो कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रूपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने,’ समितिको निर्णयमा उल्लेख छ । यसैगरी, समितिले सरकारसँग एसपीपीसँग सम्बन्धित सबै…

Read More

काठमाडौं । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। चितवनको रत्ननगर नगरपालिका ९ गणेशचोकमा शनिबार बिहान सवारी साधनको ठक्करबाट साइकलयात्री रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको मृत्यु भएको छ। गम्भीर घाइते दराईको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले बिहान ५ बजे साइकलयात्री दराईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ। यसैगरी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थली मनहरा चोकमा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। एक जना…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुने भएका छन् । बजेट पारित भएसँगै मन्त्रीहरू हेरफेरको तयारी पनि भएको हो । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर भएपनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री नफेर्ने भएको छ । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ भने आन्तरिक विवादमा फसेको जसपाको दुवै समूहले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेका छन् । जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद बढेको छ । दुवै पक्ष पार्टी विभाजन हुन सक्ने भन्दै बहुमत आफ्नोतर्फ पार्न…

Read More

लमजुङ । जिल्ला समन्वय समिति मनाङको प्रमुखमा नेकपा एमालेका चिनबहादुर घले र उपप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।   खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मीनराज गुरुङ, कांग्रेसका सुकमाया विक, एमालेका झलकबहादुर गुरुङ निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेकी लक्ष्मी गुरुङ, एमालेकी सुस्मिता सिन्चौरी र कांग्रेसकी राधा बराल विश्वकर्मा निर्वाचित भएकी छन् । अल्पसंख्यकमा नेपाली कांग्रेसका ग्याम्जो घले निर्वाचित भएका छन् । जिसस मनाङको निर्वाचनबारे बुधबार संघीय सांसद पोल्देन छोपाङ गुरुङ, पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ, निवर्तमान जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घले, पालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिको रोहबरमा गोलाप्रथाबाट प्रमुख र…

Read More

चितवन –  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र- ३ बाट निर्वाचित सांसद पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्री र सचिवलाई ल्याएर समृद्ध भरतपुरको लागि आगामी कार्यदिशाबारे अन्तरक्रिया गरेका छन् । स्थानीय तहको निर्वाचन अगाडि पनि प्रचण्डले भरतपुरको विकासका लागि मन्त्री र सचिवहरुलाई भरतपुरमा उतारेर अन्तरक्रिया गरेका थिए । शुक्रबार ऊर्जामन्त्री पम्फा भुसाल, बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे, प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतलाई उतारेर भरतपुरको कार्यदिशाबारे अन्तरक्रिया गरेका हुन् । कार्यक्रमको आयोजना भने भरतपुर महानगरपालिकाले गरेको हो ।…

Read More

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीलाई निर्देशन दिएको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो । चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । छलफलका क्रममा बजारमा चिनीको अभाव नहुने भए पनि मूल्य बढ्नुको कारण लागत बढ्नु भएको दाबी व्यापारीले गरेको शर्माले बताए । सरकारी स्वमित्वका निकायसँग चिनी कत्ति पनि नभएको र खरिदको कुनै प्रक्रिया पनि नथालेको पाइएको विभागले जनाएको छ । केही…

Read More

काठमाडौं । रसुवा, रुकुम (पूर्व), तेह्रथुम, नवलपरासी (पश्चिम) र सर्लाहीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।  रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने ४६ वर्षीया वाङमु तामाङ सोही ठाउँस्थित उत्तिसघारी जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ५÷७ दिनदेखि घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका–१४ त्रिबेणीस्थित खोला किनारमा सोही गाउँपालिका–१२ घर भएका ५५ वर्षीय जय बहादुर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँ जाने बाटोको जंगलमा सोही ठाउँ बस्ने ३१ वर्षीया तारा भुलेल शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत…

Read More

काठमाडौं । नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । यस्तै मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा लगात पुगेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । यो हालसम्मै उच्च मूल्य भएको निगमको भनाइ छ । नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेको मूल्यसँगै निगमको प्रतिलिटर घाटा पनि चुलिएको छ । अहिलेको बिक्री मूल्यअनुसार पेट्रोल र…

Read More

काठमाडौं । अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ। चिकित्सकहरूका अनुसार मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने हुन्छ। ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट सुरू हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिँदै जान्छ। हालसम्म ३९ देशमा फेला परेको मंकीपक्स १६ सय भन्दा बढीमा पुष्टि…

Read More

काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले सञ्चारकर्म छाडेर राजनीतितर्फ लागेको घोषणा गरेका छन् । आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने चर्चा चलिरहँदा लामिछानेले संचारकर्म विट मार्दै राजनीतितर्फ लम्किएको बताए । एक भिडियोसन्देश सार्वजनिक गर्दै लामिछानेले आफू रहरले सञ्चारकर्मी बनेको तर परिस्थितीले राजनीतिज्ञ बन्न लागेको बताए । ‘अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्याउन चाहान्छु । म रहरले सञ्चारकर्मी भएको हो तर परिस्थितीले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट पूर्णकालिन राजनीतिमा आएको छु ।’ भिडियो सन्देशमा उनले भनेका छन् । त्यसैगरी आगामी असार ७ गते काठकाडौंको राष्ट्रिय सभागृहबाट कसरी अघि बढ्ने भन्ने विषयमा कार्यक्रम गरेर जानकारी दिने समेत बताएका छन् ।…

Read More