Author: सूचनापाना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नजाने भएका छन् । प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी गराइन् । उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन् । आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेको जानकारी दिएकी उनले शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको बताइन् । यो समाचार पनि पढ्नुहोस् । https://suchanapana.com/news/7652/

Read More

काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी अमेरिका भ्रमणबारे जवाफ माग्ने भएको छ। प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्न लागेको र भ्रमणका क्रममा अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम एसपीपीमा सम्झौता गर्ने चर्चा चलेसँगै समितिले देउवालाई समितिमा बोलाएको हो। आज सिंहदरबारमा बस्ने बैठकमा अमेरिका भ्रमण र एसपीपीबारे जवाफ माग्ने तयारी रहेको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन्। प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको तयारी गरेको चर्चा भए पनि सरकारले आधिकारिक रुपमा यो विषय सार्वजनिक गरेको छैन्। एसपीपीबारे भने परराष्ट्रमन्त्री डा.नारायण खड्काले समिति बैठकमा उपस्थित भएर अब यो च्याप्टर क्लोज भइसकेको जवाफ दिएका छन्।

Read More

काठमाडौं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ छोटेटारमा हिजो बेलुकी जिप दुर्घटना हुंदा जिपमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक रुकुम पश्चिमको बाफिकोट गाँउपालिका ८ दुलीका अन्दाजी २६ बर्षीय प्रकाश घर्ति र सोही स्थानका अन्दाजी २४ बर्षीय कविराम वि.क रहेका छन्। जाजरकोटको रिम्नाबाट रुकुम पश्चिमको आठबिसकोट तर्फ आँउदै गरेको लु१ज १८९७ नम्बरको जिप हिजो बेलुकी साढे ७ बजे नियन्त्रण गुमाएर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो। गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि नगर अस्पताल राडी पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको…

Read More

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युद्धको अग्रपंक्तिमा रहेका दक्षिणी शहर माइकोलाभ र ओडेसाको भ्रमण गरेका छन् । रुस युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका शहरहरुको भ्रमणका क्रममा उनले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइतेहरू, चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग भेटघाट समेत गरेका छन् । यी दुवै शहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच भीषण युद्ध जारी रहेको छ । यसअघि उनले किभ पुगेका पश्चिमी राष्ट्रका नेताहरुसँग पनि भेटघाट गरिसकेका छन् । रुस युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय सर्वसाधारण मारिएको र एक करोड ३० लाखले युक्रेन घरबास छाडेको संयुक्त राष्ट्रसंघको दावी छ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो। नीति तथा कार्यक्रम अनुमोदन गर्न महानगरपालिकाको कार्यपालिकाको बैठक अहिले बसिरहेको छ । नीति तथा कार्यक्रम बनाउन तीन सदस्यीय समिति बनाइएको थियो । महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षको समेत भावना र सुझावलाई समेटेर नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ । स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेन मेयरमा निर्वाचित भएपछिको पहिलो नीति तथा कार्यक्रम भएकाले महत्वका साथ हेरिएको छ । काठमाडौं महानगरपालिकाले यहि असार १० गते बजेट ल्याउने तयारी गरेको छ ।…

Read More

काठमाडौं । पछिल्ला महिनामा मूल्यवृद्धि अस्वभाविक रुपमा बढेको भन्दै सरकारले बजार अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउने भएको छ । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा रहेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले बजार मूल्य अस्वभाविक रुपमा बढेको विष्कर्ष निकाल्दै बजार अनुगमन पुनस् अघि बढाउने निर्णय गरेको हो । समितिको निर्णय कार्यान्वयनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ भने मन्त्रालयले पनि मातहतका निकायलाई परिपत्र जारी गरिसकेको मन्त्रालयमा महासचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले जानकारी दिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन निर्देशिका स्वीकृत गरी आपूर्ति व्यवस्था दुरुस्त राख्न, कृत्रिम मूल्य निर्धारण निरुत्साहन गर्न तथा गुणस्तर कायम गर्न बजार अनुगमनलाई प्रभावकारी…

Read More

वीरगन्ज । विद्युत आपूर्तिमा समस्या देखिएको भन्दै यसको समाधान खोज्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई माग पत्र बुझाएको छ। नेपाल विद्युत आपूर्तिमा आत्मनिर्भर हुँदै गएर हाल विद्युत भारतमा निकासी समेत भईरहेको बेला हर्षित उद्योग जगत वास्तविकतामा भने उर्जा संकट खपिरहेको उद्योगीहरुले बताएका छन्। समस्या समाधानका खातिर आफूले उद्योगीहरुको तर्फबाट प्राधिकरणलाई पत्र पठाएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले बताए। संघका अनुसार हाल बारा–पर्सा आद्योगिक कोरीडोर लगभग २०० ठूला र २००० जति मझौला तथा साना प्रकृतिका उद्योगहरु संचालनमा रहेका छन्। यी उद्योगहरुको संचालनको लागि गुणस्तरीय विद्युतको नियमिति आपूर्ति एक अति आवश्यक रहे पनि अहिले समस्या…

Read More

धादिङ । धादिङको धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जा गरेका छन् । भारतबाट भन्सार छली गरेर ल्याइएको मल किसानले कब्जा गरेका हुन् । भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए । मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् । किसानहरूले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहारसमेत गरेको थियो ।

Read More

काठमाडौं । नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । काठमाडौँ ओर्लिनासाथ श्री एयरको जहाज चार्टर गरेर झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लिएका अधिराजकुमार मोक्तुमले आफूलाई स्वागत गर्न पुगेका एमाले केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका हुन् । उनले विमानस्थलमै प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन् । अधिराजकुमार झापामा २ दिन बस्ने छन् । झापा बस्दा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकन गर्नेछन् । उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्नेछन् । उनी प्रसाईंको विशेष निमन्त्रणामा ३…

Read More

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको स्पष्ट गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् । उनले भने– समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन । यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र…

Read More