Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । पर्यटन व्यसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् । नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् ।
काठमाडौँ । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ। मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो। मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भने, ‘यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ।’ मेलम्चीमा गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ साइरन प्रविधि जडान गरिएको थियो।
काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख आयुक्त गुरुङले सो कुराको जानकारी दिएका हुन्। उनले कार्यालयको सूचना नदिने सूचना अधिकारीलाई नभई कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय प्रमुख भएकाले कार्यालय प्रमुखलाई नै आयोगले कारवाही अगाडी बढाउने गरेको स्पष्टीकरण दिए । कारबाही गरिएका कार्यालय प्रमुखको बढुवा नगर्न र सार्वजनिक पदमा पुनः नियुक्ति नगर्न पनि सम्बन्धित कार्यालयमा लेखी पठाइएको उनले सुनाए । सूचनाको हकका विज्ञ अभियन्ता एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले सूचना…
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ को र्याले गाउँका २० घर पहिरोको जोखिममा परेका छन् । ११ वर्षदेखि गाउँ निरन्तर आईरहेको पहिरोको कारण गाउँ नै जोखिममा परेको हो । २०७१ सालमा आएको पहिरोका कारण यस क्षेत्रका ५ घर विस्थापित भएका थिए । उनीहरूले घर बारी सबै पहिरोले बगाउँदा पनि कतैबाट राहत नपाएको गुनासो गरेका छन् । पहिरोले हालसम्म र्याले गाउँको ५० रोपनीभन्दा बढी जग्गा बगाईसकेको स्थानीयको भनाई रहेको छ । पहिरो नियन्त्रणका लागि स्थानीयले माग गर्दै आएका छन् ।
युक्रेनको संसदले रुसी संगीत र पुस्तकमा लगायो प्रतिबन्ध काठमाडौं । रुुस र युक्रेन युद्धकाबीच युक्रेनको संसदले सञ्चारमाध्यम र सार्वजनिक स्थानमा केही रुसी संगीत र पुस्तकलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ। यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएका संगीतसँग सम्बन्धित छ । तर, युक्रेनमा रुसी युद्धको निन्दा गर्ने कलाकारहरूले प्रतिबन्धबाट छुट्नका लागि निवेदन दिन सक्ने बताइएको छ । त्यस्तै, रुसबाट पुस्तक आयात गर्न पनि संसदले प्रतिबन्ध लगाएको छ । युक्रेनको संसदले अनुमोदन गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटल, रेस्टुरेन्ट, सिनेमाघर र अन्य सार्वजनिक स्थानहरूमा केही रूसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध…
एन्फाको चुनावी साधारणसभा आज, नेतृत्वका लागि कर्मा छिरिङ र पंकज नेम्वाङको प्यानल चुनावी मैदानमा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा आज हुँदैछ । साधारणसभा काठमाडौंको बुढानिलकण्ठको एक रिसोर्टमा बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ । साधारणसभाले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक अध्यक्षका लागि तीन जना चुनावी मैदानमा छन् । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा दोस्रो कार्यकालका लागि पूरा प्यानलसहित चुनावी मैदानमा उत्रिँदा हालका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले पनि प्यानलसहित टक्कर दिइरहेका छन् । फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले पनि अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । एन्फाको २१ सदस्यीय…
काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको गठबन्धनले संसदीय चुनावमा बहुमत गुमाएको छ । गठबन्धनले संसदमा सबै भन्दा धेरै सिट जिते पनि आवश्यक बहुमत प्राप्त गर्न भने सकेन् । बहुमतका लागि २ सय ८९ सिट चाहिनेमा सत्तारुढ गठबन्धनले २ सय ४५ सिट जितेको छ । बहालवाला राष्ट्रपतिको दलले तल्लो सदनमा बहुमत गुमाएपछि अर्थमन्त्री बु्रनो माइरेले लोकतन्त्रका लागि ठूलो झट्का भएको प्रतिक्रिया दिनुभएको छ । दोस्रो चरणको निर्वाचनमा कट्टर बामपन्थी, समाजवादी र उग्र दक्षिणपन्थीहरूको गठबन्धन नुपेसले १ सय ३१ सिट जित्दै प्रमुख प्रतिपक्षी दल बनेको छ । यसैगरि मरिनले पेनको उग्र दक्षीणपन्थी नेशनल र्याली पार्टी ८९ सिटसहित तेस्रो स्थानमा रहेको छ ।
काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यासुचि छ। बेठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन्। यस्तै आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नेछन्। मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ। यस्तै राट्रियसभाको…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैंया तथा डिजेल र मट्टीतेलमा २७ रुपैंया बढाएको छ । अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १ सय ९२ रुपैंया कायम भएको छ । यसैैगरी, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ रुपैंया तथा बाह्यतर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर १६ सय ४५ डलर कायम गरिएको छ । निगमले एलपी…
फुङ्लिङ । ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ । विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिए । गत शुक्रबार सिरिजङ्गामा पहिरामा परी दुई जनाको मृत्यु भएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन…