Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । कराँतेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन् । २३ देखि २७ जुनसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाएका छन् । महर्जन मानसिंह शाखा डोजोका प्रमुख प्रशिक्षक हुन् । महर्जनलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । कराँते प्रतियोगिताकै सिलसिलामा महर्जन यसअघि तीन पटक दक्षिण कोरिया गइसकेका छन् ।
काठमाडौं । वायु सेवा सञ्चालक सङ्घ नेपालले भोलि बुधवारदेखि आकस्मिकसहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफूहरूसँग छलफल नै नगरी पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै सङ्घले उडान बन्द गर्ने घोषणा गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरेर काठमाडौंबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको छ । तर प्राधिकरणले एकतर्फी रूपमा ल्याएको यो प्रावधान मान्न नसकिने सङ्घको भनाइ छ । अहिले भइरहेकै व्यवस्थाअनुसार त्रिभुवन विमानस्थलबाट हेलिकप्टर तथा हवाईजहाजले विना अवरोध उडान र…
काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबस्ने र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अंगिकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताए ।
लन्डन । बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठुलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ । हडताल समाप्तिको लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नो कामबाट बाहिरिएका छन् । रेल र लन्डन भूमिगत स्टेसन मङ्गलबार बिहान बन्द, भएपछि मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ । लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेसनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन्…
‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म
काठमाडौं । राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् । आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए । १. प्राइमेरी निर्वाचन हुने२. युवालाई ५० प्रतिशत एकको व्यवस्था३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने ६. परिवारवादलाई पूर्ण रूपमा निषेध७. भ्रातृसंगठन र…
काठमाडौं – पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।
पर्यटकीय गाउँ भोटेओडार, लम्जुङ पर्यटकीय गाउँ तुर्लुगकोट लम्जुङ
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले लगातार इन्धनको मुल्यमा भएको भारी वृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको जनाएको छ। इन्धनमा गरिएको मुल्य वृद्धिले निर्माण सामग्रीहरुको समेत अत्याधिक भाउ बढ्न गई निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। इन्धनको मुल्य तत्काल फिर्ता नलिए मुलुकभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु र अत्यावश्यक निर्माण परियोजनाहरु समेत बन्द गर्ने महासंघको चेतावनी छ। साथै उसले यसअघि स्थगित आन्दोलनका कार्यक्रमसहित एक हप्ताभित्रै विरोधका थप सशक्त कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ। पछिल्लोपटक पेट्रोलमा एकै पटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ वृद्धिले रुग्ण अवस्थामा…
काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ । प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची रहेको छ । बैठकमा संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय…
क्यानाडा क्यानाडा सरकारले देशमा एक पटक मात्रै प्रयोग हुने प्लास्टिकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । प्लास्टिकको प्रयोग घातक र हानिकारक भन्दै क्यानाडाले प्लास्टिकका झोला, भाँडाकुँडा र रिसाइकल गर्न नमिल्ने अन्य सामाग्रीहरु उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो। यो नियम आगामी डिसेम्बरदेखि लागू गरिेनेछ । क्यानाडाका वातावरण मन्त्री स्टिभन गिलबल्टले देशका बढ्दो प्रदूषणको कारक प्लास्टिकको प्रयोग भएका कारण यस्तो निर्णय गरिएको जानाकारी दिए । यो निर्णयसँगै क्यानाडाका प्लास्टिक उद्योगहरु बन्द हुने भएका छन् । गत वर्ष क्यानाडाको पर्यावरण संरक्षण ऐन अन्तर्गत प्लास्टिकलाई विशाक्त रुपमा सूचीकृत गरिएको थियो। यसअघि फ्रान्सले अधिकांश फलफूल र तरकारी पसलहरुमा प्लास्टिक प्याकिङमा प्रतिबन्ध लगाईसकेको…