Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तातोपानी नाका: भुकम्प अघिका व्यापारी अहिले ज्याला मजदुरी

    तातोपानी नाका: भुकम्प अघिका व्यापारी अहिले ज्याला मजदुरी

    By सूचनापाना८ असार २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । चीनसँग सीमा जोडिएको तातोपानी नाकाबाट आयात–निर्यात सहज नहुँदा व्यवसायी पलायन हुन थालेका छन् । ०७२ सालको विनाशकारी भूकम्पपछि बन्द भएकोे तातोपानी नाका ठूलो तामझामका बीच १५ जेठ ०७६ मा उद्घाटन भई सन्चालनमा आएको थियो । तर, केही बर्षयताको लगातारको बाढी पहिरोका कारण जीर्ण बनेको सडक, कोभिड महामारी लगायतका कारण देखाउँदै करिब डेढ वर्षदेखि यो नाका सुस्त बनेको छ ।

    SuchanaPana.com

    स्थानीय व्यवसायी वेदबहादुर श्रेष्ठ भन्छन्, ‘सभामुख, अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले बेलाबेलामा व्यापार सहजीकरणका लागि नाकास्थलको निरीक्षण गर्ने गरेको छ । तर, चिनियाँहरूले नाकामा सुरक्षा प्रोटोकलमा थप कडाइ गरेको छ । चीनले आफ्नोतर्फबाट हुने निर्यात पनि दैनिक कोटा तोकेर पठाउने गर्छ ।’

    अहिले नेपाली ट्रक सामान लिन चीन जान पाउँदैन । चीनले नै ड्राइपोर्टसम्म सामग्री ल्याइदिने हुँदा नेपाली व्यापारीले सोचे अनुसारको सामग्री ल्याउन पाउँदैनन् । तातोपानी नाकाबाट भूकम्पअघि हुने स्थानीय सामग्रीको निर्यात पनि अहिले शून्य छ । तातोपानी नाका हुँदै सामग्री ढुबानी गरेर ल्याउँदा धेरै झन्झड व्यहोर्नु पर्ने व्यवसायीहरू बताउँछन् ।

    भन्सार प्रमुख नाराद गौतमका अनुसार माथिबाट पहिरो र तलबाट भोटेकोशी नदी कटानले तातोपानीसम्म पुग्ने बाटो भरपर्दो र सहज छैन । कोदारी क्षेत्रमा अघिल्लो वर्ष गएको पहिरोका कारण क्षति भएको सडक निर्माण नहुँदा समस्यासँगै स्थानीय भने आक्रोसित छन् । नाकाबाट अहिले दिनमा ८–१० वटा कन्टेनर भित्रिन्छन् । मनसुनको समय भएकाले सडकसम्बन्धी जोखिम झन् बढ्दै गएको छ ।

    मजदुरलाई जिविका धान्नै मुस्किल
    नाका नियमित सन्चालनमा नआउँदा यसको मार सीमाका बासिन्दामा पनि परिरहेका छन् । सीमामा बस्ने अधिकांश स्थानीय व्यापार गरेर जीवन धान्ने गर्थे । अहिले सीमावासी तितरबितर भएका छन्  ।

    सीमा गाउँमा खेतीयोग्य जमिन पनि छैन । उनीहरूको प्रमुख पेसा भनेको तातोपानी लिपिङमा झोलेपोके व्यापार नै हो । पछिल्लो समय व्यापारीले भित्र्याउने सामानलाई लोडअनलोड गरेर जिविका चलाउनुपर्ने अवस्थामा छन् । तर, अनेकन चुनौतीले ठूला व्यापारी पलायन हुने अवस्थामा पुग्दा मजदुरीबाट समेत जीविका धान्न मुस्किल पर्न थालेको उनीहरूको दुखेसो छ ।

    मजदुर फुर्पा शेर्पा भन्छन्, ‘जग्गा जमिन हुनेले त कमाई गरेर खान्छन्, जग्गा नै नहुनेको बिजोक छ, व्यापारीले भित्र्याउने सामानलाई लोडअनलोड गरेर कमाएको पैसाले जीविका धानेको थियो, नाका बन्द भयो जीवन धान्न गाह्रो छ । कतै जाउँ जाने ठाउँ छैन् ।’

    भूकम्पअघि सम्म यहाँ दैनिक १४ सय मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवारको चहलपहल हुन्थ्यो । तर, अहिले सुनसान जस्तै बनेको छ । व्यवसायी र स्थानीयले सरकारलाई पटक पटक नाका सहज बनाउन आग्रह गर्दै आएका छन् । सरकारले पनि चिनिया पक्षलाई विवरण राख्ने आश्वासन दिने गर्छ । तर, नाका चिनिया अधिकारीको आदेशअनुसार सीमित मात्रै खुल्छ । नाका सहज हुने वातावरण भने अझै पनि बन्न सकेको छैन ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.