Author: सूचनापाना

काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्प धक्का महसुस गरिएको छ । बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प गएको हो । आरुघाट गाउँपालिकाको थुमीमा केन्द्र विन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का गोरखा र आसपासका जिल्लामा महसुस भएको छ । क्षतिको कुनै विवरण प्राप्त भएको छैन । यस अघि आज बिहान ३ बजेर ५६ मिनेटको समयमा कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थिया । ।

Read More

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले कांग्रेसले देशको यथार्थ वस्तुस्थिति र विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना बनाउने तर उखान टुक्का सुनाएर जनता हँसाउन नजानेको बताएकी छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम २०७९ को अवसरमा केन्द्रिय सदस्य देउवाले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै यस्तो बताएकी हुन्। यसका लागि कांग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्रसम्म नै जनताको गुनासो र समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने उनको भनाइ थियो। उनले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र…

Read More

अफगानिस्तान । बुधबार बिहान गएको शक्तिशाली भूकम्पबाट क्षतविक्षत भएको अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट अहिलेसम्म एक हजार जनाको मृत्यु भए पनि भूकम्पले भत्काएका संरचनाभित्र कति मानिस पुरिएका छन् भन्ने यकिन हुन सकेको छैन । घाइतेहरूको उपचार र घरबास विहिनहरूलाई सुरक्षित स्थानमा राख्ने काम नै चुनौतीपूर्ण भएकाले भत्किएका संरचनामा पुरिएकाहरूको खोजी गर्नै कठिन भएको त्यहाँको तालिबान सरकारले बताएको छ । उद्धार, पुनस्थापना र खोजीका लागि आवश्यक स्रोतका लागि तालिवान सरकारले गुहार मागेको हो । संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू, छिमेकी देशहरू र केही दाता राष्ट्रहरूले तत्काल मानवीय सहयोग गरेको भए पनि कमजोर आर्थिक अवस्थाबाट गुज्रिएको अफगानिस्तान सरकार पीडितहरूका आधारभूत…

Read More

काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ। आज विहान २ बजे भक्तपुरको आदर्श नगर सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ। आज विहान २ बजे टिपरले ठक्कर दिएको र करिब ३ बजेतिर मोटरसाइकलमा सवार दुवै जनाको भक्तपुर अस्पतालमा मृत्यु भएको हो। उनीहरुको सनाखत हुन सकेको छैन्। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं । कास्कीमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटको समयमा ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा महसुस भएको छ । भूकम्पले ठूलो धक्का दिए पनि क्षतिको कुनै भने विवरण आएको छैन् ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंका कै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चिति समेत सुध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाका अवस्थामा पुग्ने बताए। उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्र मुलुकको अर्थतन्त्र लयमा आउने बताए। गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभइ विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताए। श्रीलंकाले लिट्टेसँग…

Read More

काठमाडौं । आज बिहीबारदेखि सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा बिहीबारदेखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ । आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् । त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ । बालबालिकालाई…

Read More

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएको छ। उनको अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो । तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको क्षेत्राधिकारभित्र पर्ने भन्दै ५ गते नै दरपिठ गरिदिएका थिए । सोही दरपिठविरूद्ध निवेदकहरू इजलासमा पुगेका थिए । सोहीअनुसार बुधबार सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजलासले रजिष्ट्रार पन्थीको दरपिठलाई बदर गरिदिएको छ। दरपिठ बदरपछि अब मुद्दा सर्वोच्चमा अगाडि बढ्ने भएको छ। ‘सर्वोच्च प्रशासनले राजनीति गरेर सरकारी दवावमा हाम्रो निवेदन दरपीठ गरिदिएको थियो,’ निवेदक अधिवक्ता…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ । महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको छ । घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले जनाएको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ ।

Read More

काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज बिहीबार बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ । बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । प्रतिनिधि…

Read More