Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन्। करका दरहरूमा समायोजन गरेरै भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसद्मा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताए। विहीबार उनले विद्युतको आपत बढाएर पनि पेट्रोलियम पदार्थको मूल्यलाई सहज बनाउन किने योजनामा सरकार डेको पनि बताए । मन्त्री बडूले भने, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । मन्त्री बडूले विद्युत खपत…
काठमाडौं । मोरङका उद्योगी र मजदुरले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै बिहीबार प्रदर्शन गरेका उद्योगी र मजदुरहरुले शर्माको राजीनामा माग गरेका हुन् । यसअघि उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन दिए पनि माग सम्बोधन नभएपछि बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् । माग सम्बोधन नभएपछि अर्थमन्त्रीको राजीनामा माग गरिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । बिहीबारबाट चरणबद्ध आन्दोलन सुरु भएको बताउँदै उनले आइतबारदेखि चक्काजाम गर्ने बताए । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा स्यानेटरी…
काठमाडौं । नेपाल वायुसेवा निमगको महाप्रबन्धकमा निगमकै वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । सरकारले उनलाई महाप्रबन्धकमा अस्थायी रुपमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी उनलाई अस्थायी नियुक्ति गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको थियो ।
नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै बाह्रबिसे नगरपालिकाले दियो शुक्रबार सार्वजनिक बिदा
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए । विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक विदा दिने गरेकाले यसपटक पनि दिइएको बस्नेतले बताए ।
रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख बालाकुमारी कार्कीले ७४ करोड ६५ लाख बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले एक घर एक धारा लगाएतको कार्यक्रम ल्याएको छ भने सुमुन्नत र समृद्द रामेछाप नगरको नारा सहित नगर पालिका भित्र पर्यटन प्रबर्द्धन गर्न फुलै फुलको शहर , रामेछाप बासिको रहरस् ऐतिहासिक नगर, स्वस्छ पिउनेपानी स्स्वस्थ जिन्दगानी लगाएतको योजनाहरु अघि बढाएको छ । महिला संग उपमेयर लगाएतको कार्यक्रम हरुलाई प्राथमिकतामा राखेको छ ।
काठमाडौँ । मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने निर्णय भएको छ । यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रीमण्डल हेरफेर नगर्ने भएका छन । नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका हुन् । ‘अहिले मलाई मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको छ’, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘उहाँको आन्तरिक समस्या देखाएर मन्त्रीमण्डल हेरफेर गर्न आनाकानी गर्नु हुन्न भनेर हामीले भनेका छौँ । तर मन्त्रीमण्डल हेरफेर गर्नै परेमा राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै गर्ने मुडमा प्रधानमन्त्री देखिनु भएको छ ।’ उनका अनुसार नेकपा एसको बिहीबार बसेको सचिवालय…
काठमाडौं । १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो । भारत सरकारको महत्वकांक्षी योजना ‘रामायण सर्किट’मा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिईएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष ब्यवस्था गरिएको छ । भारतीय पर्यटकहरुलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गर्नेछ भने…
काठमाडौं । वैशाखयता विपदका घटनामा ८२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार गत वैशाख १ देखि बुधबारसम्म ८०५ वटा विपद्का घटना भएका छन्। सबै भन्दा बढी चट्याङ लागेर २७ जनाको मृत्यु भएको छ। त्यस्तै वन्यजन्तुको आक्रमणबाट १२, पहिरोमा परेर १०, आगलागीबाट १९ र हावाहुरीको कारण आठजनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार सर्पदंशबाट ३ र बाढीका कारण दुईजनाको मृत्यु भएको छ। यी घटनामा १८७ जना घाइते भएका छन् भने एक हजार ६९ परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार यो अवधिमा ५७ करोड ३६ लाख भन्दा बढीको भौतिक क्षति भएको छ।
काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा सिफारिस समितिले लामो समयदेखि रिक्त रहेको डिआइजी पदको लागि बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। बढुवाको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बसन्तबहादुर कुँवर परेका छन् । दोस्रो नम्बरमा मानवबेचबिखन अनुसन्धान ब्युरो प्रमुख टेकप्रसाद राई, तेस्रोमा कार्यविभाका अशोक सिंह, चौथोमा मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखाका दिपक थापा र पाँचौंमा विपद व्यवस्थापन कार्यालय सामाखुसीका श्यामलाल ज्ञवालीको बढुवा सिफारिस भएको हो। त्यस्तै, किरण बज्राचार्य, सन्दिप भण्डारी , सुदीप गिरी, मिरा चौधरी, टेक प्रसाद तामाङ, उमेशराज जोशी, भिम…