Author: सूचनापाना

अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ । यो आदेशसँगै अमेरिकामा महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमाएका छन् । अब त्यहाँ गर्भपतन गर्नु गैरकानुनी हुनेछ । तर आदेशले राज्यहरुलाई गर्भपतन गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने विकल्प भने दिएको बीबीसीले उल्लेख गरेको छ । अदालतको पछिल्लो निर्णयबाट सन् १९७३ मा वैध बनाइएको गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीको माग सम्बोधन भएको छ । ‘रो विरुद्ध वेड’ मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्च अदालतको निर्णयमा उल्लेख छ । सर्वोच्च अदालतमा यो निर्णयको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश रहेका थिए…

Read More

काठमाडौं । देशका ७५३ मध्ये ७०२ स्थानीय तहले नयाँआर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन्। उनीहरूले आ–आफ्नो गाउँ्नगर सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेका हुन्। नेपाल नगरपालिका संघले २९३ मध्ये २६७ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका जनाएको छ। २६ नगरपालिकाको बजेट आउन बाँकी छ । बाजुराको बुढीगंगामामा भने निर्वाचन नै हुन बाँकी छ। गाउँपालिका महासंघका अनुसार ४६० मध्ये ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गरेका छन्। बाँकी २५ मध्ये ६ वटा गाउँपालिकामा सम्पर्क नै हुन नसकेको महासंघले जनाएको छ। १९ गाउँपालिकामा भने सभाको अधिवेशन नै सुरु भएको छैन। बजेट पेस गर्न…

Read More

काठमाडौं । शुक्रबार राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । मध्यरातमा आएको बाढीका कारण सो क्षेत्रका स्थानीय त्रसित भएका थिए । बाढी आएपछि हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी मध्यरातमा घर छोडेर सुरक्षित स्थानमा गएका थिए । गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताइएको छ । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।

Read More

काठमाडौं । मन्त्री फेर्ने विषयले आन्तरिक विवाद चर्किएको बेला नेकपा ९एकीकृत समाजवादी० ले आज शनिबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भोलि आइतबारसम्म चल्ने बैठकमा बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्थाका बारेमा छलफल हुने बताइएको छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी स्थापना भएको करीब ८ महिनाको अवधिमा देशव्यापीरूपमा भएका सांगठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्र्तक्रियाका साथै प्राप्त राजनीतिक उपलब्धि बारे समीक्षा हुनेछ । बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना तयार गरिने बताइएको छ । यसअघि शुक्रबार बसेको…

Read More

लमजुङ । लमजुङको सदरमुकाम बेंसीशहरमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल लमजुङ र अनेरास्ववियु लमजुङले संयुक्त कार्यक्रमको आयोजना गरी मूल्यवृद्धिको विरोध गरेको हो ।  नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियुका केन्द्रीय सचिव जुन तामाङले सरकारले अस्वाभाविक रूपमा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको तामाङले बताए । सरकारले पछिल्लो समय इन्धन लगायत खाद्य सामाग्रीमा अस्वाभाविक रूपमा बढाएको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेकोका यो निर्णय तत्काल खारेजको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएको तामाङले बताए ।

Read More

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ ।  आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको नगरसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आयोगले निर्वाचनका लागि दुवै विकल्प प्रस्ताव गरे । उनका अनुसार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने हो भने ३० कात्तिक र दुई चरणमा गर्ने हो भने २९ कात्तिक र ३…

Read More

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् । पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो, आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।’ आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि बताए । उनले भने, त्यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।’ एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई…

Read More

काठमाडौं । गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।  २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो । श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् । विभागका अनुसार ८३ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको छ । जेठ महिनामा कतार जानको लागि सबैभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । विभागको तथ्याङ्कअनुसार पछिल्लो महिना कतार जान १५ हजार ५६ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, साउदी अरेबिया जान १२ हजार ७०१, युनाइटेड…

Read More

रामेछाप । लिखुतामाकाशी गाउँपालिकामा मिति २०७९ अषाढ ६ गते शोमबार बाट सुरू भएको मन्टेश्वरि तालिम ८गते बुधबार सम्मपन्न भएको छ। उत्तm तालिम लिखुतामाकाशी गाउँपालिका भित्र रहेका सम्पूर्ण ECD संचालनमा रहेका बिध्यालयहरूका शिक्षक शिक्षिकाहरूलाई दिईएको हो । लिखुतामाकाशी गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको उत्तm तालिम अत्यन्तै प्रभावकारि रहेको तर समय कम भएको भन्ने सहभागीहरूले गुनासो गरेका थिए । शिक्षा शाखा प्रमुख रामशिङ डडाले हाललाई शिशु कक्षा ब्यबस्थापन तथा पढाउने शैलीको बारेमा थोरै जानकार भयता पनि आगामी दिनमा १ हप्ता सम्मको तालिम संचालनमा ल्याउने बताए । समय अभाब र थोरै भएता पनि यसले धेरै राम्रो नतिजा ल्याउने बिस्वास लिखुताकोशी गाउँपालिका…

Read More

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिइएको छ । पालिकाले ८३ करोड ३४ लाख बराबरको बजेट गाँउसभामा प्रस्तुत गरिएको छ । निति तथा कार्यक्रममा हलेदेदेखी धोवी बजारसम्नको सडक कालोपत्रे गर्ने, खोलानालाहरुमा कल्भर्ड निर्माण, गौरवका ठुला आयोजनाहरु निर्माण कार्यलाई प्राथमिकता,एक घर एक धारा कार्यक्रम,गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माण, दुरागाउँ र खिम्ती विर्ता पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण,कृषि तथा पशु विमा कार्यक्रम अभियान संचालक गर्ने जस्ता महत्वोपुर्ण कार्यक्रमहरुलाइ प्राथमिकता दिइएको छ । त्यसैगरी विदेशबाट फर्केका युवाहरूलाई उत्पादनमुलक व्यवसाय गर्न…

Read More