सिन्धुपाल्चोक । जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षकोलागि थुनामा रहेका युवकको मृत्यु भएको छ ।
पुर्पक्षकोलागि थुनामा रहेका सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का ४९ बर्षिय मइते गोलेको मृत्यु भएको हो ।
बिहान १० बजे रिंगटा लागेर ढलेका गालेलाइ उपचारको लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्युु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत कात्तिक महिनामा प्रहरीले गोलेलाइ पक्राउ गरि थुनामा राखेको थियो ।