Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सांगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड २९ लाख रुपैयाँ बजेट

    सांगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड २९ लाख रुपैयाँ बजेट

    By सूचनापाना११ असार २०७९, शनिबार

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले आ.व. ०७९–८० को बजेट प्रस्तुत गरेको छ । बाह्रौँ नगरसभाअन्तर्गत उपप्रमुख सिता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । 

    SuchanaPana.com

    प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएकाे छ । नगरपालिकाले कृषि क्षेत्रका लागि  ४ करोड विनियोजन गरेको छ  । 

    त्यसैगरी पशु विकास सेवाका लागि २ करोड र रोजगार सिर्जनाका लागि १ करोड , स्वास्थ्य तर्फ ३ करोड ५० लाख विनियोजन गरेको छ ।  शिक्षा, युवा तथा खेलकुदतर्फ ४ करोड ५० लाख, नगर गौरवका योजनाका लागि  २ करोड विनियोजन गरिएको छ । 

    चालु आ.व.मा सञ्चालन भएका अधुरा योजनाहरुलाई पूरा गर्न, संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त अनुदानका कार्यक्रम सञ्चालन गर्नका लागिसमेत बजेट विनियोजन गरिको उपप्रमुख सिता थापाले नगरसभामा प्रस्तुत गरेको कार्यक्रममा उल्लेख छ ।  

    नगरपालिकाले संघ समपुरक अनुदानका लागि संघबाट प्राप्त हुने समेत जम्मा १ करोड ८० लाख विनियोजन गरेको छ । प्रदेश समपुरक अनुदान प्रदेशबाट प्राप्त हुनेसमेत गरी  ६ करोड विनियोजन गरेको छ । 

    नगरपालिकाभित्रका जुनसुकै कारणले मृत्यु भएका मृतकको परिवारलाई प्रति परिवार  ५ हजारका दरले जम्मा ३० लाख बजेट विनियोजन गरिएकाे छ । पुर्वाधारतर्फ सिंचाई, खानेपानी तथा सरसफाई समेतलाई गरी ४ करोड ५० लाख बजेट विनियोजन गरेको छ । 

    लक्षित वर्गका लागि  १ करोड ७० लाख बजेट विनियोजन गरेको छ । नगरको विभिन्न क्षेत्रमा पूर्वाधार विकासको लागि नगर पुर्वाधार विकासतर्फ २ करोड बजेट विनियोजन गरेको छ भने विभिन्न साझेदार संस्थाहरुसँग साझेदारी गर्नका लागि  ३ करोड विनियोजन गरेको छ । 

    विपद् व्यवस्थापन तथा वन वातावरण, लघु उद्यम, पर्यटन, सहकारी, न्यायिक समिति, मठमन्दिर, सूचना तथा संचार, पुरातत्व संस्कृति पर्व तथा जात्रा, प्रभावित क्षेत्र, नदीजन्य पदार्थको उत्खनन् तथा संकलनको कारणबाट प्रभावित क्षेत्र तथा विविध कार्यक्रमलगायतलाई समेटी बजेट विनियोजन गरेको निति कार्यक्रममा उल्लेख छ । 

    नगर उपप्रमुख सिता थापाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा ‘जमिन बाझो नराखौ,माटोले मागेको रोपौ’ , जति धेरै उत्पादन त्यति धेरै अनुदान, बाली संरक्षण आपतकालिन कोष, प्रत्येक किसान उत्पादक बनौ, प्रत्येक उत्पादनलाई उद्यममा जोडौ जस्ता लोकप्रिय नाराका साथ नीति कार्यक्रम तयार पारिएको छ । 


    एमाले र कांग्रेसका वडाध्यक्षद्धारा  बजेट अपुग भएको भन्दै असहमति

    चौतारा सांगाचोकगढी नगरपालिकाको आगामी आ.व. मा वडास्तरीय योजनाको लागि प्रत्येक वडाका लागि  ७५ लाखका दरले वडास्तरीय योजनाका लागि बजेट विनियोजन गरेको छ । तर, एमाले र काग्रेसबाट निर्वाचित वडा अध्यक्षले  वडाको लागि ७५ लाख अपुग भएको भन्दै असहमति जनाएका हुन् । यस विषयमा कार्यपालिका बैठकमा छलफल गर्ने गरी मेयर कृष्ण प्रसाद सापकोटाले निर्धारित तालिकाअनुसार बैठक स्थगित गरे ।

    यस्तै, जुगल गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ६६ करोड ३२ लाख ३ हजार रुपैंया बजेट ल्याएको छ । गाउँपालिकाको उपप्रमुख हिमाल कुमार श्रेष्ठले आगामी आर्थिक बर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै विगतमा भएको राम्रो कामलाई निरन्तरता दिएको बताउदै गाउँपालिकाको विकासका लागि केन्द्रित गरेर बजेट ल्याइएको बताए ।

    बलेफीको गाउँपालिका गाउँसभा स्थगित

    बलेफी गाउँपालिकामा कार्यपालिकाका सदस्यहरुले गाउँसभा बहिष्कार गरेका कारण गाउँसभा स्थगित भएको छ ।उपाध्यक्षसहित नेपाली कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यहरुले गाउँ सभा बहिष्कार गरेका हुन् । 

    पालिका अध्यक्ष गंगाबहादुर तामाङका अनुसार कार्यपालिका सदस्यले सभा बहिष्कार गरेपछि असार १२ गते पुनः गाउँसभा डाकिएको छ ।

    यस्तै पाँचपोखरी थाङपाल ,ईन्द्रवती , भोटेकोसी ,सुनकोसी , लिसङखुपाखर , हेलम्बु ,त्रिपुरासुन्दरी गाउँपालिकाले पनि शुक्रबार बजेट विनियोजन गरेका छन् । सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमा बाह्रबिसे र मेलम्ची नगरपालिकाले बिहीबारनै बजेट ल्याएका थिए । 

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.