Author: सूचनापाना

काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्दै पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गर्दै क्षमता अनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए । उनले सहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । उनले यसअघि भएका राम्रा कामको निरन्तरता दिँदै केही महत्वपूर्ण नयाँ काममा आफ्नो ध्यान रहने बताए ।

Read More

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका छन् । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । ‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’ करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै उनले यसको विरोध गर्नुको औचित्य नभएको बताए । करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी…

Read More

काठमाडौं । सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । अदालतले आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो । काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश दिएको हो । उनीहरुले कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै रिट दायर गरेका थिए ।

Read More

बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ । बुढीनन्दा नगरपालिकाका १० गाउँ बाढीपहिरो प्रभावित छन् । नगरपालिकाको पिपलडाली, साउने गाउँ, दैया, मटेला, पार्तोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोटलगायतका गाउँ स्थानान्तरण गरिनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जगन्नाथ गाउँपालिकाको मुसेखोला, तल्लो हुनी र बस्केना गरी तीनवटा गाउँ उच्च जोखिममा…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्। नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन्। राज्यमन्त्रीमा नियुक्त हीराचन्द्र केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाएका छन्। राष्ट्रपति भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा आइतवार हेरफेर गरेका हुन् ।

Read More

रामेछाप-काठमाडौँ पत्रकार समाजमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार काठमाडौँमा सम्पन्न समाजको दोस्रो अधिवेशनले दीपेन्द्र गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा यसिमा महत, महासचिवमा प्रज्वल पौडेल, सचिवमा एलिना कार्की र कोषाध्यक्षमा दुर्गा खड्का चयन भएका छन् । त्यस्तै सदस्यहरुमा घनश्याम श्रेष्ठ, सुवास सुनुवार, पवन बराइली र राजकुमार खाती चयन भएका छन् ।

Read More

वर्षाद शुरु भएसँगै सम्भावित बाढी र पहिरोको सम्भावना बढेको छ । हरेका बर्षको बर्षाद शुरु हुनासाथ सर्वसाधारणमा संभावित बाढि पहिरो र जोखिमको त्रास सुरु भैसकेको छ । सरकारी मौसमविद हरुले पनि यस बर्ष गत बर्षको भन्दा बढि पानि पर्ने आँकलन गरेको कुरा बाहिर आईरहेको छ । उनिहरुको आकलनका आधारमा सरकारले अत्याधिक वर्षाद र वर्षाद सँगै बाढी पहिरोको सम्भावनालाई स्वीकारेको पनि छ । त्यसका लागि उसले आर्पm मातहतका सबै निकायहरुलाई सचेत र तयारी अवस्थामा बस्न निर्देशन गरेको छ । तर रामेछापको सन्र्दभमा भने त्यस्तो खालको तयारी देखिदैन । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछाप जिल्लामा भौगोलिक विविधतासँगै सोही…

Read More

रामेछापका ८ स्थानिय तहले आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम सार्वजनिक गरेको छन । ८ पालिका मध्ये ७ पालिकाले बजेट समेत सार्वजनिक गरेको छ । सुनापति गाउँपालिकाले भने २० गते पछि मात्रै बजेट सार्वजनिक गर्ने बताएको छ । आठै पालिकाले निति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिएका छन । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले ११ औं नगर सभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । उपप्रमुख बालकुमारी कार्कीले ७४ करोड ६५ लाखको…

Read More

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । ‘सामाजिक न्याय सहितको समृद्ध जुगल’ मूल नाराको साथ शुक्रबार भएको १२ औं गाउँ सभाबाट पालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ६६ करोड ३२ लाख ३ हजार रुपैंया बजेट पारित गरेको हो । गाउँपालिकाको उपप्रमुख हिमाल कुमार श्रेष्ठले आगामी आर्थक बर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताए । जुगल गाउँपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार र समृद्ध जुगल निर्माणको आधार’को नारा अघि सारेको छ । जुगललाई पर्यटकीय पूर्वाधारका रूपमा विकास…

Read More

काठमाडौं । मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् ।  स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद निरा जैरूबाहेकका ६ जना सांसदले ससंदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर फिर्ता गरेको एकीकृत समाजवादी पार्टी सचिवालय स्रोतले जनाएको छ। सांसदहरू कृष्णलाल महर्जन, पर्यटनमन्त्री प्रेम आले, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी…

Read More