Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मनसुनजन्य विपद्बाट यसवर्ष कुन प्रदेश कति जोखिममा ? 

    मनसुनजन्य विपद्बाट यसवर्ष कुन प्रदेश कति जोखिममा ? 

    By सूचनापाना१४ असार २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । 

    SuchanaPana.com

    ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ अजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको छ,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने । 

    २०२० सम्म गृह मन्त्रालयको डिआरआर पोर्टल, विपद् पोर्टल, जलोत्पन्न प्रकोप विभाग र विश्व खाद्य कार््यक्रमबाट उपलब्ध तथ्याङ्कको आधारमा संयुक्त राष्टट्रसङ्घीय आवासीय प्रतिनिधिको कार्यलयको सहयोगमा २०७९ सालको मनसुनमा प्रभावित हुनसक्ने जनसंख्याको आँकलन गरिएको उनले जनाए । 

    विपद्का घटनाबाट सबैभन्दा बढी प्रदेश नं. १ मा ५ लाख ७० हजार २८४ र सबैभन्दा कम कर्णाली प्रदेशमा लगभग ५४ हजार ९५५ जना प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

    यसवर्ष मधेश प्रदेशमा ४ लाख ६५ हजार ४९५, बागमती प्रदेशमा १ लाख ४६ हजार ८२८, गण्डकी प्रदेशमा १ लाख १९ हजार १९८, लुम्बिनी प्रदेशमा ३ लाख ७९ हजार ९०२ र सुदूरपश्चिम प्रदेशमा २ लाख ६३ हजार ३१३ जना प्रभावित हुने अनुमान प्राधिकरणको छ । 

    २०७९ सालको मनसुन जेठ १८ गतेबाट सुरू भई असोज १४ गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । यस चार महिनाको मनसुनको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने हुने सम्भावना रहेको छ । 

    प्रदेश नं. १ का तराईका भूभागहरू, बागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । 

    सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग गण्डकी प्रदेशका मध्य भूभाग र प्रदेश नं. १ को मध्य भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । 

    गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशको मध्य तथा पश्चिमी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । 

    प्रदेश नं. १ का उत्तरी भूभाग, बागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागहरूमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना रहेको छ । त्यसैगरी यो वर्षको मनसुनको समयमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रम औसत र औसतभन्दा कम हुने र अधिकांश भागमा न्यूनतम तापक्रम औसत तथा औसतभन्दा बढी हुने अनुमान गरिएको छ । 

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.