Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई आफ्नो एक महिनाको सेवा उपलब्ध गराउने अध्यक्ष बिसीको घोषणा

    उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई आफ्नो एक महिनाको सेवा उपलब्ध गराउने अध्यक्ष बिसीको घोषणा

    By सूचनापाना१४ असार २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष तथा बसुन्धरा माबि भैरबस्थानका बिब्यस अध्यक्ष एवं लोकप्रिय युवा नेता डम्बर बिसीद्वारा बसुन्धरा माविमा अध्यनरत शिशु देखी कक्षा १२ सम्म उत्कृष्ट अन्क ल्याउने तथा उच्च प्राबिधिक शिक्षा अध्यन गर्न नाम निकाल्न सफल विद्यार्थीलाई आफुले पाउने एक महिना बराबरको सेवा सुबिधा उपलब्ध गराउने घोषणा गरेका छन् ।

    SuchanaPana.com

    बिद्यालय ले आयोजना गरेको जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष बिसीले यस्तो रचनात्मक कामको प्रतिबद्धता गर्नु भयको हो । बसुन्धरा माबी अध्यक्ष बिसी आफैले पनि कक्षा १ देखि एसएलसी सम्म उतिर्ण गरेको बिद्यालय हो भने हाल दोस्रो कार्यकाल बिब्यसको अध्यक्षमा सर्बसम्मत चुनिनु भयको थियो । वहाँकै पालामा विद्यालयको भौतिक, शैक्षिक सुधारका लागि आफुले योगदान दिएको भन्दै अब पालिका भरीको शैक्षिक सुभारका लागि अग्रसर भएर लाग्ने र आब ०७९/८० को नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता शिक्षालाई नै दिएको बताए ।

    बसुन्धरा माध्यामिक विद्यालय तुर्माखाँद ३ भैरवस्थाले नवनिर्वाचित गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधिलाई सम्मान गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरि पालिका अध्यक्ष डम्बर बहादुर बिसी, वडा अध्यक्ष काँसिराम बुढालाई सम्मान गरेको हो । सबैकालागि लोकप्रिय रहेका युवा नेता अध्यक्ष बिसीले बिगत देखि बिब्यस अध्यक्ष भयको पहिलो कार्यकाल देखि दोस्रो सम्म आईपुग्दा बिधालयको कामकाजमा खटिय बापतको दैनिक भ्रमण भत्ता समेत लिने गरेका छैनन् ।

    अध्यक्ष डम्बर बिसीको राजनीतिक जिबनको सुरुवात पनि त्यसै बसुन्धरा माबिको अनेरास्ववियुको प्राकबाट सुरु भै तत्कालीन ईलाका कमिटी अध्यक्ष , जिल्ला कमिटी सदस्य , सचीव , अध्यक्ष हुँदै केन्द्रिय कमिटी सदस्य , सचिवालय सदस्य भयर हाल अनेरास्ववियु केन्द्रिय स्थायी कमि सदस्य तथा सुदुरपश्चिम प्रदेश सहइन्चार्ज हुनुहुन्छ भने नेकपा एमाले जिल्ला कमिटी अछामको उपसचिव तथा स्कुल बिभाग प्रमुख समेत रहेका छन्।

    विद्यालयका प्रधानाध्यापक बम बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुर्माखाद गाउपालिका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिसी रहेका थिए ।

    सो कार्यक्रममा वडा अध्यक्ष कासिराम बुढा पूर्व विव्यस अध्यक्ष प्रभुनाथ भण्डारी, कृष्ण बहादुर विसी, सदस्यहरु प्रसादसिंह बुढा, अमृतादेवि बुढा, पुनादेवि बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष लिलाराज भण्डारी, पूर्व सदस्य मीन बहादुर सुनार, पूर्व शिक्षक अर्जुनसिंह बुढा लगायतको सहभागिता रहेको थियो । शिक्षक तिलक प्रसाद शर्माको स्वागत मन्तव्य तथा स्वागत गीतबाट समेत स्वागत गरिएको कार्यक्रमको संचालन शिक्षक राज बहादुर विसीले गरेका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.