Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जीतपुरसिमराको छैठौं नगर सभा पुनः सुरु नै नभई स्थगित

    जीतपुरसिमराको छैठौं नगर सभा पुनः सुरु नै नभई स्थगित

    By सूचनापाना१३ असार २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सोमबार आयोजना गरिएको सभा विषय प्रवेश नगरी दोस्रो पटक स्थगित भएको हो ।

    SuchanaPana.com

    दलीय प्रतिनिधित्व हुने गरी वडाध्यक्षसहित प्रमुख र उपप्रमुखसँग बसेको बैठकमा छलफल गरेर नै आजको नगरसभा स्थगित गर्ने निर्णय गरेको थियो । तर सहमति अनुरूप अर्को मिति तोकेर नगरसभा गरिनु पर्ने भएता पनि नगरसभा राष्ट्रिय गान बजार सुरु भएलगत्तै नगर प्रमुख राजन पौडेलले गणपूरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरे।

    यसअघि १० गते बसेको बैठक समेत सुरु नै नभई स्थगित भएको थियो । कार्यपालिका बैठकमा छलफलनै नगरी नीति तथा कार्यक्रम र वडा सिलिङ ल्याउन खोजिएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले विरोध जनाएपछि सभा सुरु हुन सकेको थिएन । नगर सभामा प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रम र वडा सिलिङको विषयमा छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको भनाई थियो ।

    सभा सुरु हुनुअघि वडाको नीति तथा कार्यक्रम र वडाको बजेट निर्धारण गर्न प्रमुख पौडेलसँग आग्रह गरेका वडाध्यक्ष र कार्यपालिकाले त्यसपछि मात्रै सभालाई अघि बढाउन माग गरेका थिए । 

    सोही अनुसार आज बिहान १० बजेबाट वडाध्यक्ष र कार्यपालिका सदस्यको मागका विषयमा छलफल भएको थियो त्यसपछि केहिदिनमा कार्यपालिकाको बैठक गरेर त्यसको टुंगो लगाएर मात्रै नगरसभा गर्ने सहमति भएको थियो । 

    नगरसभा सदस्यहरू समेत आज नगरसभा नहुने पक्का भएपछि घर फर्किएका थिए तर नगरप्रमुख पौडेलले नगरसभा सञ्चालन नियमावलीको प्रावधान अनुसार चौथो बैठकमा २५ प्रतिशत पुराउने हेतुले दोस्रो पटक समेत नगरसभामा गणपूरक नपुगेको भन्दै स्थगित गरे ।

    उपमहानगरपालिकाले ल्याउन नीति तथा कार्यक्रम सबै क्षेत्रलाई सम्बोधन गर्ने गरी आउनुपर्ने भएका कारण छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको माग थियो । तर, नीति तथा कार्यक्रमको विषयमा कार्यपालिका बैठकमा छलफल हुन नपाएपछि वडाध्यक्षले असन्तुष्टि जनाउँदै आएका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.