Author: सूचनापाना

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणको दोषीलाई इतिहासकै कठोर सजाय दिइएको छ। पेरिसका विभिन्न ठाउँमा भएको आक्रमणमा १ सय ३० जनाको मृत्यु भएको थियो। यो आक्रमणपछि पक्राउ परेका एक मात्र जिवित आरोपीलाई आधुनिक फ्रान्सको इतिहासमा हालसम्मकै कठोर सजाय दिइएको बीबीसीले जनाएको छ। आक्रमणमा पक्राउ परेका सलाह अब्देसलामलाई आजीवन कैदको सजाय तोकिएको छ। उनले बाँचुन्जेल जेल बस्नुपर्ने छ भने ३० वर्षसम्म जीवनरक्षाका लागि अपिल पनि गर्न नपाउने फैसला अदालतबाट भएको छ। अदालतले पेरिस आक्रमणमा अन्य १९ जनालाई पनि दोषी पाएको थियो। जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ। यो घटनाको सुनुवाई पनि आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा लामो समय चलेको थियो।…

Read More

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज (बिहीबार) बिहान धन्सार (घर) भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ। वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो। गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए। सोही धन्सारमा सुतेका उनका दाजु १६ वर्षीय लक्ष्मण भट्टराई घाइते छन्। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको भेला डाकेकमा छन् । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीमा डाकिएको भेलामा विशेष गरी देशको पछिल्लो आर्थिक अवस्थाको विषयमा छलफल हुने बुझिएको छ । कांग्रेसभित्र कोइराला पक्षले यसअघि नै अर्थमन्त्री जनार्दन शर्माका कारण अर्थतन्त्र समस्यामा परेको निष्कर्ष निकाल्दै शर्मालाई अर्थमन्त्रीबाट हटाउनु पर्ने बताउँदैआएको छ । यस्तै, आजको बैठकमा पार्टीको आन्तरिक मामिला र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन सम्पन्न भएको ६ महिना वितिसक्दा पनि विधानअनुसार गठन गर्नुपर्ने मनोनीत तथा विभाग र समितिहरू गठन नगरेकोमा पनि कोइराला पक्षले आपत्ति जनाउँदै आएको छ । स्थानीय…

Read More

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका म्यानपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले म्यानपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ। सक्कली पीडितको आर्थिक क्षतिपूर्तिको रक्षाका लागि नक्कली पीडितले धरौटी रकम शून्य बनाउने देखिएपछि यस सम्बन्धमा विभागले निगरानी बढाएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले म्यानपावर कम्पनीले कारोबार बन्द गरेको ३ वर्षसम्म राखेको धरौटी फिर्ता लैजान नपाउने कानुनी प्रावधान रहेका कारण ठुलो रकम लामो समयसम्म धरौटीका…

Read More

काठमाडौं । नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो। नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरिसक्नुपर्ने भए पनि लामो समय नहर निर्माण ढिलाइको कारण गतिलिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो। महाकाली सिंचाई आयोजना तेस्रो चरणका अनुसार भारततर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिबाट परीक्षण गर्नको लागि पानी छोड्न थालेको छ। यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधबार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ। लामो समय भारतले आफ्नो…

Read More

काठमाडौं । मनसुनजन्य विपद्का घटनाबाट ११ वर्षको अवधिमा देशभर २ हजार ३ सय ६२ जनाको मृत्यु र ८ सय ८० बेपत्ता भएका छन् । २०६८ देखि २०७८ सम्म भएका ५ हजार ८ सय २५ मनसुनजन्य विपद्का घटनाबाट देशभर २ हजार ३ सय ६२ जनाको ज्यान गएको हो। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा सबैभन्दा बढी २ हजार ४ सय ६५ पहिरोका घटनामा परी १ हजार ३ सय ८७ जनाको अकालमै ज्यान गएको छ । यही अवधिमा पहिरोमा ३ सय ३० जना बेपत्ता र १ हजार १ सय ३६ घाइते भएका छन्। यस अवधिमा पहिरोबाट १ हजार…

Read More

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद अब बहुमत जुटाउने खेल र एक अर्कामाथि कारबाहीतर्फ प्रवेश गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष सांसद र केन्द्रीय समितिमा बहुमत जुटाउने र अर्को पक्षलाई कारबाही गर्नेसम्मको तयारीमा लागेका छन् । पार्टीका मन्त्रीहरू हेरफेर गर्ने यादव पक्षको एकपक्षीय निर्णयले विवादको भूमरीमा फसेको जसपामा थप संकट थपिएको छ । यादव पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सोमबार साँझ बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेपछि भट्टराई पक्ष पनि रणनीति निर्माणमा जुटेको छ । यादव भने पार्टी निर्णय प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गरेका छन् । मदन भण्डारी जयन्तीको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा ओलीले २७ अक्टोबर २०१५ मा आफू प्रधानमन्त्री भएको बेला पत्र पठाएको भनिए पनि त्यसअघि नै पत्र पठाइसकेको हुन सक्ने दाबी गरे । उनले हाल सार्वजनिक भएको तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्रको मिति संशोधन गरिएका भन्दै वैधानिकतामा प्रश्न उठाए । एसपीपीमा विवाद भइरहेका बेला ओली प्रधानमन्त्री भएको ३ दिनपछि तत्कालीन प्रधानसेनापतिले अमेरिकी राजदूतलाई पत्र पठाएको हालै सार्वजनिक भएको थियो । ओलीले आफूलाई बदनाम गर्ने उद्देश्यका साथ…

Read More

कोलम्बो – श्रीलङ्काले अत्यावश्यक बाहेकका गाडीहरूलाई पेट्रोलियम पदार्थ बिक्री बन्द गरेको छ । खराब आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले जुलाई १० तारिखसम्मका लागि सार्वजनिक बस, रेल, चिकित्सा सेवा र खाद्यान्न ढुवानीका लागि प्रयोग हुने गाडीलाई मात्र पेट्रोल भर्न दिने घोषणा गरेको हो । यस्तै सहरी क्षेत्रका सबै विद्यालय बन्द भएका छन् । सरकारी अधिकारीहरूले दुई करोड २० लाख जना मानिसलाई घरबाटै काम गर्न भनेका छन् । श्रीलङ्का अहिले इन्धन, खाद्यान्न, औषधिजस्ता वस्तुको आयातको रकम तिर्न सङ्घर्ष गरिरहेको छ । श्रीलङ्काको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनेवर्देनाले देश खराब आर्थिक सङ्कटमा रहेकाले अबको दुई हप्ता निजी गाडी तथा अत्यावश्यक बाहेकका सबै गाडीलाई पेट्रोल बिक्री…

Read More

सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विधार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । सेयरिङ लभ नेपालका अध्यक्ष समिर श्रेष्ठले विद्यालयमा भएका विद्यार्थीलाई स्टेशनरी सामाग्री कापि किताब, पेन पेन्सिल, चाउचाउ, बिस्कुट, साबुन, सरफ र खेलकुदका साम्राग्रीहरु वितरण गरिएको बताए । जाल्पा माध्यमिक विधालयमा दायनिय अवस्था रहेका ५ जना विद्यार्थीलाई सेयरिङ लभ नेपाल सामाजिक संस्थाले १ देखि १० कक्षा सम्म विधार्थीको लाग्ने सबै शुल्क तिरिदिने घोषणा गरेको छ । विद्यालयको शैंचालय अवस्था जिर्ण देखिएकोले सेयरिङ लभ नेपालले विभिन्न सहयोग गर्नुका साथै शौचालयको अवस्था हेरेर…

Read More