Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
केयूकेएल र ट्याङ्करको पानीमा नै हैजाको जीवाणु, पानी शुद्ध पार्न क्लोरिनको मात्रा बढाउन निर्देशन
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालय काठमाण्डौले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण गरेको थियो । परीक्षणमा खानेपानी सिधै पिउनयोग्य नरहेको भेटिएको हो । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयूकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ । नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले आज पनि अनुगमन गर्दैछ । विशेषगरी जारको पानीलाई लक्षित गरी अनुगमन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड अनुसार जारको पानी वितरण भए…
काठमाण्डौ । सरुवा रोगको जोखिम बढेसँगै यसको रोकथामका लागि पूर्व तयारी थाल्न स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको छ । मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् र खानेपानी दूषित भइ हैजा जस्ता सङ्क्रामक रोग फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले रोकथाममा जुट्न निर्देशन दिएको हो । मन्त्रालयले विज्ञप्ति निकालेर जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्ना ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आग्रह गरेको छ । यस्तै, महामारी लगायतको प्रतिकार्यका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकता अनुसार शय्याको व्यवस्थापन गर्न, औषधि उपकरणको तयारी गर्न अस्पतालहरुलाई भनिएको छ । यस्तै, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) र प्रादेशिक स्वास्थ्य आपत्कालीन…
काठमाडौं । बजेटसँग सम्बन्धित तीन वटा विधेयक शुक्रबार राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। मन्त्री शर्माले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक २०७९ छलफल र पारितका लागि पेश गर्नेछन्। शुक्रबारकै बैठकमा स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित केही विधेयक पनि पारित गर्ने कार्यसूची छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ मा दफावार छलफल गरी पारित गरियोस्…
काठमाडौं । भारतले आज देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामाग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हो। भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामाग्रीको सूची जारी गरेको छ । जसमा ७५ म्याक्रोन भन्दा तलका प्लास्टिकका झोलाहरु, प्लास्टिकको डण्डी भएका इअरवड, हट एअर बलुनको डण्डी, प्लास्टिकका झण्डा, क्याण्डी तथा आइसक्रिम स्टिक रहेका छन् । त्यस्तै, थर्माकोल, प्लास्टिकका प्लेट, चम्चा, काँटा, कप, चक्कु, स्ट्रे, मिठाइका बट्टा प्याक गर्ने वा मोड्ने प्लास्टिकजन्य वस्तु, निमन्त्रण कार्ड, चुरोटको प्याकेट, सय म्याक्रोन भन्दा तलका…
काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन् । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन अधिकारीका अनुसार ४ जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी कामको रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैर(कानूनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य नौ जना भने भिसा अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।लीको पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने सिन्धुली,…
सिन्धुली । सिन्धुलीको खुर्कोट घुर्मी सडक खण्डस्थित गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा सधै बग्ने सुख्खा पहिरोले आवतजावतमा समस्या भएको छ । दैनिक जसो झरिरहने पहिरोले सिन्धुलीको पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुुलगायत जिल्लाका यात्रुहरुले समस्या झेल्दै आएका छन् । सडक विभागको इस्काभेटर र लोडर प्रयोग गरेर पहिरो हटाउने प्रयास गरिएपनि पहिरो नरोकिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
काठमाडौं । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस्को सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन् । बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत् एक्लो व्यक्ति हुन् । उनी नेपाली राष्ट्रिय पोशाक दौरा सरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए । नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे । मार्कोस फिलिपिन्सका १७औं…
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले असार २७ गते बस्नेगरी बैठक बोलाइएको बताए । उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने बताए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ । मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र अगामी चुनावका विषयमा छलफल बताएका छन् ।
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणउन्मुख भएपछि चालु आर्थिक वर्षमा नेपालमा हुने मास्कको आयातमा कमि आएको छ । तर, मास्क आयातको परिमाण भने सानो छैन । नेपालले चाल आर्थिक वर्षको ११ महिना (साउन–जेठ)को अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ । यसबाट सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । मास्क आयात गतवर्षको यसै अवधिको तुलनामा कम हो । गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९…
काठमाडौं – पर्सा, बझाङ, कञ्चनपुर, प्युठान र मकवानपुरमा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको बहुदरमाई नगरपालिका–७ बस्ने श्याम बाबु प्रसाद कलवारकी छोरी १४ वर्षीया महिमा गुप्ताको बुधबार शव फेला परेको छ । सोही ठाउँस्थित छप्कैयाघाटमा छोरीको हत्या गरी शव जलाई रहेको भन्ने खबर हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त घाटमा चिता जलिरहेको अवस्थामा शव फेला परेको हो । प्रहरीले अनुसन्धानका लागि महिमाको परिवारका ३ जना सदस्यलाई नियन्त्रणमा लिएको छ भने हाल फेला नपरेका श्याम बाबु समेत २ जनाको खोजी गरिरहेको छ । बझाङको जयपृथ्वी नगरपालिका–७ धम्नाउबाट…