Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुको रिले अनसनलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बुधबार सर्वोच्च अदालतले निजगढ विमानस्थलबारे पूर्णपाठ सार्वजनिक गरेसँगै २४ दिनदेखि जारी अनशन भने तोडिएको छ । १२ जेठमा सरकारले हालसम्म गरेको सबै निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश सुनाएको थियो । सो आदेश सुनाएको एक महिनापछि बुधबार पूर्णपाठ सार्वजनिक भएसँगै निजगढमा पनि विमानस्थल बनाउन विकल्प खुला भएको छ ।
काठमाडौं । रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न गोलाकारभित्रको घण्ट शुक्रवार दर्ता भएको हो । निर्वाचन आयुक्तहरूको बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए । लामिछानेले पहिले घण्ट मात्रै प्रस्ताव गरेका थिए । यसअघि स्वतन्त्र नाम राजनीतिक दल हुन नसक्ने भन्दै विरोध भएको थियो ।
नेपालगञ्ज । बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२ भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान २५० बोरी अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालको कमाण्डको संयुक्त टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सो कन्टेनरमा २५ किलोको २५० बोरा अफिम सिड (पोष्टर दाना) नियन्त्रणमा लिएको हो । सीमा प्रहरी…
बारा । अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो । अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुवानमा परेका थिए । भलपानीको बाढीले निकास नपाउँदा घर तथा पसल र कार्यालय डुवानमा परेका हुन् । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का दर्जनौं घर डुवानमा परेका थिए । बाढीका कारण सहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको…
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।…
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुनेछ । निर्वाचनको मिति घोषणा पूर्व नै बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ । बागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् भने सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो । बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् । शुक्रबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । ‘गठबन्धनको बैठक समय निर्धारण भइसकेको छैन,’…
वीरगञ्ज । पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् । बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्यरुपमा अन्त्यष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो । मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
महोत्तरी । जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आवतजावत गर्नेहरूसँग ‘प्रहरी निरीक्षक हौँ’ भन्दै पैसा असुल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक भएको भन्दै पैसा असुली गर्ने जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन पक्राउ परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ। तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको…
काठमाडौं । चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा भएको छ । ९९ वर्षसम्म बेलायतले लिजमा लिएको हङकङलाई सन् १९९७ मा चीनले पुनः अधिनमा ल्याएको हो । रजत महोत्सवलाई हङकङमा आज ९शुक्रबार० भब्य रुपमा मनाईने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ हिजै द्रुत गतिको रेलबाट हङकङ आइसक्नु भएको छ भने चीनले रजत महोत्सवलाई निकै महत्व दिएको छ । राष्ट्रपति सीको कार्यक्रमको विस्तृत विवरण नदिइएपनि उहाँले सार्वजनिक सम्बोधन गर्नसक्ने अनुमान गरिएको छ । हङकङ बढ्दो चिनियाँ पकड र स्वतन्त्रता कुण्ठित गरेको भन्दै केही विरोधका स्वरहरू सुनिएपनि उनीहरूलाई सडकमा उत्रिन दिइएको छैन् । शुक्रबार साँझ भिक्टोरिया हार्वरमा भब्य आतिसबाजी कार्यक्रम…
काठमाण्डौ । काठमाण्डौ महानगरभित्रका क्षेत्रमा भीख माग्न निषेध गरिएको छ । काठमाण्डौ महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको जनाएको हो । तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने पाइने सूचनामा उल्लेख छ । साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीख माग्न वा भीख माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । असहाय,…