Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन्। विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित ७ जना प्रकाउ परेका हुन्। यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा शनिबार चलाउनेसहित थप २ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले बताए । आर्चायका अनुसार हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ। केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने…
सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा, डुवान रोक्न बाँध निर्माण गर्दै सशस्त्र प्रहरी
उदयपुर । शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् । सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तिव्रता दिएको छ । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको छन् । नदी गत वर्षदेखि पश्चिमपट्टि सोझिदा तीव्र कटान हुन थालेको हो । कटनका कारण बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८, ९ उच्च जोखिममा परेका छन् । बेलका नगरपालिका–८ डुम्रिबोटमा नदीले कटान तीव्र पारेपछि सशस्त्र प्रहरीले बाँध निर्माणलाई जोड दिएको हो…
काठमाडौँ । नेपाल प्रहरीको प्रमुख (आईजीपी) बढुवा सम्बन्धी विवादको हेर्दाहेर्दैमा रहेको अन्तिम सुनुवाइ आइतबार हुँदैछ। सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन्। यसअघि अन्तिमपटक असार १३ गते भएको सुनुवाइ सरकार पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैंमा रहेको थियो। त्यसपछि ६ दिन सारिएको हो।। आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। बैशाख २२ गते न्यायधिश सुश्मलता माथेमाले प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेकी थिइन्।
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय निर्वाचनमा गठबन्धन गरेर जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले गठबन्धन गरेर जान प्रस्ताव गरेको बताए ।यसबारे धारणा दिन पनि पार्टीका नेताहरूसँग ठाकुरले राय मागेका छन् । ‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसबारे पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाइ उद्यृत गर्दै एक नेताले भने । उनका अनुसार सो विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट समेत भएको थियो । लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विद्यान मस्यौंदा…
काठमाडौं । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन । कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ । कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिकारीबीच मिलेमतो हुने गरेको पाइएको छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास…
काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडक गल्लीमा थुप्रिएको फोहोर केही समय टेकु ट्रान्सफर स्टेसनमा छोपेर राखिने भएको छ। कामपाका मेयर वालेन्द्र साहले सबै वडालाई नियमित रुपमा फोहोर संकलन गरी टेकु ट्रान्सफर स्टेसनमा राख्न निर्देशन दिएका छन्। वातावरण व्यवस्थापन विभागले नियमित फोहोर संकलन गरी ट्रान्सफर स्टेशनमा ल्याउने व्यवस्था गरिसकेको छ। विभागका एक अधिकारीका अनुसार लगातार फोहोर आउने क्रमसंगै छोप्ने काम शुरु गरिनेछ। फोहोरलाई छोपेर राख्ने विषयमा कसैलाई जानकारी नदिएको बताउँदै ती कर्मचारीले भने– ‘एक सातादेखि ल्यान्डफिल साइटमा फोहोर नगएपछि मेयर साहले गोप्य रुपमा फोहोरलाई छोप्न निर्देशन दिनुभएको हो।’ उनका अनुसार फोहोरलाई गन्ध नआउने केमिकल प्रयोग गरी ट्रान्सफर स्टेशनमा राखिने र ल्यान्डफिल साइट…
काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो । असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो । हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ ।
दोलखा । दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। दोलखाको हनुमाते भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर शनिबार अपराह्न ३ बजेर ३५ मिटेन जाँदा भूकम्प गएको हो। भूकम्प ४.१ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पबाट केकति क्षति भयो भन्ने जानकारी प्राप्त हुन बाँकी रहेको जनाइएको छ।
जुम्ला । पातारासी गाउँपालिकाको बागजाले भन्ने पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् भने ३ सय भेडा हराएका छन् । शुक्रबार दिउँसो ३ बजेतिर बागजाले भन्ने ठाउँमा परेको चट्याङमा गाउपालिका-४ लुम निवासी ५ जना कृषकका भेडाका परेका हुन् । अप्ठ्यारो भीर भएकाले खोजतलास गर्ने कठिनाइ भएको पातारासी गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए । प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया, राम बहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेका छन् ।
काठमाडाैं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको छ । शनिबार मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको छ । बजेटमा भएका सानातिनना त्रुटी कार्यान्वयनका क्रममा सम्बन्धित मन्त्रालयबाटै सच्याउने कुरा भएको द्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताए । बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरुले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । तर मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरु बजेट पारित गर्न सहमत भएका मन्त्री…