सिन्धुपाल्चोक । कृषिलाई आधुनिकीकरण गर्न जुगल गाउँपालिकाद्दारा कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरिएको छ ।
कृषि काममा केही मात्रामा सहज र उत्पादन बढाउने उदेश्यका साथ गाउँपालिकाले ३३ वटा हाते ट्याक्टर र ६ वटा धान,गहु,कोदो चुट्ने थ्रेसर मेसिन, ५० प्रतिशत अनुदानमा पालिका अध्यक्ष रेशम स्याङ्बो र प्रशासकीय अधिकृत लोक बहादुर वि।क ले वितरण गरेका हुन् ।
बेला-बेलामा स्थानिय सरकारबाट हुने यस्तो सहयोगले किसानहरुलाई आधुनिक कृषि कर्ममा आकर्षित गराउनका साथै उनीहरुमा आफ्नो पेसाप्रति उर्जा र उत्साहको वातावरण मिल्ने पालिका प्रमुख स्याङ्बोले बताए ।



