Author: सूचनापाना

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी दिएका आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । एक वक्तव्य जारी गर्दै सभापती देउवाले आफ्नो पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । सभापती देउवाले भनेका छन्, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु…

Read More

काठमाडौं- मनोनयन भएको उमेदवारहरूको नामावली आज साँझ ६ बजे प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । आयोगको तालिका अनुसार १६ गते (भोलि) साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ । एक लाख ५२ हजार ४६५ मनोनितको विवरण संकलन भएको आयोगले जनाएको छ । वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदै छ ।

Read More

रामेछाप । मन्थली नगरपालिका–२ नं का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्र बहादुर कार्कीले निर्वाचन आचार संहिताको धज्जी उडाउँदै विद्यालयमा अध्ययरत बालबालिकालाई पोशाक वितरण गरेका छन् । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै मन्थली नगरपालिका–२ नं का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्र बहादुर कार्कीले निर्वाचनमा मतदाता प्रभावित पार्न विद्यालयमा अध्ययरत बालबालिकालाई पोशाक वितरण गरेका हुन् । उनले मन्थली नगरपालिका–२ मा रहेको बालकन्या प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ३ सम्मका ४० जना बालबालिकालाई विद्यालय पोशाक (कपडा) वितरण गरेका हुन् । निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा मतदाता प्रभावित पार्न कुनै पनि सामाग्री मतदातालाई दिन नपाइने गरी आचारसंहिता वनाएको…

Read More

रामेछाप । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले स्थानिय तहको निर्वाचनको सूचना लुकाउदै आएको छ । यहीँ बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई जनमैत्री र पारदर्शी बनाउन भन्दै निर्वाचन आयोगले काम गरिरहेको बेला मुख्य निर्वाचन कार्यालय रामेछापले भने आफ्नो सूचना लुकाउने गरेको छ । वर्तमान संविधानले सूचनाको हकलाई सर्वसाधारणसम्म पुग्ने ग्यारेन्टी गरेसँगै निर्वाचन आयोगले आफ्नो संयन्त्रहरुलाई जिल्लाहुदै पालिकास्तरसम्म पुर्याएको भए पनि रामेछापमा भने त्यस विपरीतको काम हुँदै आएको छ । निर्वाचन अभियानमा जुटेका मुख्य राजनितीक दलहरु विशेषगरी नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेस लगाएतका दलहरुले व्यापक रुपमा आचार संहिता उल्घंन गरिरहेको सम्वन्धमा मुख्य निर्वाचन…

Read More

ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका अध्यक्ष पदका उमेदवार (एमालेको तर्फबाट) विष्टले दुईवटा नागरिकता लिएको तथ्य फेला परेको छ । विष्टले ओखलढुङ्गावाट १८३५/४५४ नम्बरको होम बहादुर विष्टको नाममा र काठमाण्डौंवाट २७१७६२/०५१/९४६८ नम्बरको मिलन विष्टको नाममा नागरिकता लिएको प्रमाण फेला परेको छ । सोहि पालिकाका नेपाली कांग्रेसका अध्यक्ष पदका उमेदवार अशोक कुमार कार्कीले विष्ट विरुद्ध यस्तो प्रमाण बुझाएका छन् । अध्यक्ष पदका उमेदवार विष्टलाई आवश्यक प्रमाण सहित बैशाख १५ गते दिउसो २ बजेसम्म सफाई पेश गर्न भनिएको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले जानकारी दिए । आरोपित पक्षले सफाई पेश गरेमा त्यस उपर छलफल पश्चात र नगरेमा सोहि अनुसार १५ गते बेलुकी…

Read More

काठमाडौं , १४ वैशाख । डिजिटल करेन्सी तर्फ राष्ट्र बैंक अघि बढेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । मिश्रले राष्ट्र बैंकको ६७ औँ वाषिर्कोत्सव समारोहमा बोल्दै यस्तो बताएका हुन् । कागजको नोट चलाएर सुरु भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढ्न आवश्यक भएकोले सोहि अनुसार अगाडी बढेको उनले बताए । अब भौतिक मुद्रालाई विस्थापित गरेर डिजिटल कारोबारलाई अघि बढाउने रा्ष्ट्र बैंक लागेको उनले बताए ।

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका मिलन विष्ट विरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको छ ।उमेदवारी दर्ताको भोलिपल्ट मंगलबार उमेदवारको विरुद्धमा दाबी विरोध गर्ने समय रहेकोमा एमालेवाट अध्यक्ष पदका उमेदवार विष्टले दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो । विष्टले दोहोरो नागरिकता सँगै उनी विरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दासमेत कायमै रहेको उजुरीमा दाबी छ । विष्टले ओखलढुङ्गा ठेगाना राखेर काठमाडौंबाट मिलन विष्ट नाम गरेर नागरिकता लिनुका साथै ओखलढुङ्गाबाटै होमबहादुर विष्टको नाममा गरि दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो । गाउँपालिकाका अध्यक्षका विरुद्धमा उजुरी परेको विषयलाई लिखु गाउँपालिकाका निर्वाचन अधिकृत…

Read More

काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो । सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो । २०४७ सालमै अदालतमा सातामा २ दिने बिदाको चलन केही समय अभ्यास गरिए पनि २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै २ दिन बिदा दिन सिफारिस गरेको थियो ।

Read More

रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला कमिटी सदस्य शिवहरी उप्रेती र मन्थली नगरकमिटी सदस्य सुर्दशन प्रसाई सहित नेकपा एमालेका ३९ जना नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् । उनिहरूले साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका छन् । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले रामेछापले वडा कमिटीमा छलफल नै नगरी वडाका केही व्यक्तिहरु मात्रै राखेर टिकटको बिषयमा छलफल चलाएकोमा सहभागी मध्ये २० जनाले छलफल बहिष्कार गरेर हिडेका थिए । छलफलमा भाग नलिई बाहिरीएका पार्टीका नेता तथा कार्यकर्ताहरुको मतलव नै नराखी ५ जनाले वडा अध्यक्ष लगाएतका अन्य सदस्यहरुलाई उम्मेदवार वनाउने भन्ने निर्णय गरेपछि भटौलीमा…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्ताबेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन् । २३ औँ मनमोहन स्मृति दिवसको अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रममा अध्यक्ष ओलीले काँग्रेस घोषणापत्रका दर्जनौँ ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलाप भनेका छन् । अध्यक्ष ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्ताबेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौँ ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको रु रेल किन ल्याएको रु पाइपलाइन किन चाहियोरु यस्तै यस्तै आरोप लगाएको पनि कुनै…

Read More