Author: सूचनापाना

कठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटी बैठकमा आज मंगलबार अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ ले प्रतिवेदनमा उठेका प्रश्नहरुमाथि जवाफ दिनेछन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले प्रश्नहरुमाथि जवाफ दिन लागेका हुन् । सोमबारको बैठकमा केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग पनि उठेको छ । आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् । सोमबार ४६ जना नेताहरूले आ आफ्नो धारणा राखेका थिए ।

Read More

काठमाडौं । नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था आएको भन्दै प्रधानमन्त्रीको कार्यालय तथा आपूर्ति मन्त्रालयको ध्यानकर्षण गराएको छ । सोमबार दुवै निकायलाई पत्राचार गर्दै निगमले तत्काल स्रोतको जोहो नगरिए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने बताइएको छ । निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले लेखेको पत्रमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन नसक्ने वा मूल्य समायोजन पनि हुन नगर्ने हो भने निकट भविष्यमा आपूर्तिमा समस्या हुने बताइएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा इण्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि स्मरण गराइएको छ । यस्तै,…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो ।  जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो ।  नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

Read More

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्ने संकेत गरेको छ । आइतबार मन्त्रालय आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले वैशाख १३ मा राजपत्रमा सूचना निकालेर असार मसान्तसम्मका लागि रोक लगाइएको प्रतिबन्ध आवश्यक परे बढ्ने बताएका हुन् । आयात प्रतिवन्धलाई लिएर कुनै अन्तर्राष्ट्रिय दबाव नभएको पनि सचिव पाण्डेयले दाबी गरे । आयात रोकका कारण अर्थतन्त्रमा परेको योगदानबारे अध्ययन भइरहेको पनि उनले बताए । सरकारले गत वैशाख १३ गते १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार…

Read More

पोखरा । पोखरामा ल्याण्डफिलको तनाव अझै सुल्झिएको छैन । यअसघि पोखरा-१६ र २० को सिमानामा सार्न लागिएकोमा स्थानीयको विरोधपछि महानगरले उक्त निर्णय फिर्ता लियो । १६ चैतको कार्यपालिका बैठकले भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गर्‍यो । त्यसकै आधारमा महानगरले आगामी वर्षमा संरचना निर्माण गर्न १० करोड छुट्याएको छ । तर, स्थानीयले त्यहाँ ल्याण्डफिल सार्न नदिने भन्दै संघर्ष सुरु गरेका छन् । गत शुक्रबार बसेको वडा भेलाले स्थानीयको सहमतिबिना महानगरले ल्याण्डफिल सार्ने निर्णय गरेको भन्दै सच्याउन दबाब दिए । भोलिपल्ट शनिबार सरोकारवालालाई भेला गराएर ल्याण्डफिल सार्दा हुने नोक्सानीबारे जानकारी गराए । त्यसपछि मेयर धनराज आचार्यलाई भेटेर उक्त निर्णय फिर्ता लिन ज्ञापनपत्र दिए ।…

Read More

पोखरा – निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले बजेटमा नराखेपछि अवरुद्ध गण्डकी प्रदेशसभा साेमबारदेखि सुरु हुँदैछ । अर्थमन्त्री र मुख्यमन्त्रीबीचको छलफलमा उक्त कार्यक्रम पुनः बजेटमा राख्न अर्थमन्त्री रामजी बराल सहमत भएपछि साेमबार दिउँसो १ बजेका लागि संसद् बैठक डाकिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन र गठबन्धनको संयुक्त बैठकले दिएको निर्देशन समेत अटेर गरी बरालले उक्त कार्यक्रम नियतबस छुटाएका थिए । त्यसपछि सरकारले नै संसद स्थगीत गरेको हो । लामो समयको छलफलपछि अर्थमन्त्रीले छुटाएको कार्यक्रम अर्थ विविध शीर्षकबाट राख्न राजी भएका हुन् । बरालले अर्थ विविध शीर्षकमा ३ अर्ब २९ करोड रुपैयाँ राखेका छन् । हरेक वर्ष उक्त कार्यक्रममा ७२ करोड विनियोजन…

Read More

कोलम्बो । चरम इन्धन संकटबीच श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाका शिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए । यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो । लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबै सरकारी र निजी विद्यालयका साथै अन्य प्रान्तका अन्य मुख्य सहरका विद्यालय एक साता बन्द रहने डेली मिररले जनाएको छ । श्रीलंकाका शिक्षा मन्त्रालयका सचिव निहाल रणसिंघेले विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरे । यातायातको कठिनाइले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई असर नगर्ने अवस्थामा डिभिजन स्तरका विद्यालयका…

Read More

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ मन्त्रीको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई, वन मन्त्रालयमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादवलाई पठाउने तयारी गरेको छ । ‘नयाँ मन्त्रीका लागि अध्यक्षज्यूले नाम पठाउनु भएको छ, कुन मन्त्रालय भन्ने चाहिँ जानकारी भएको छैन’– सिंहले भन्नुभयो । जसपा अध्यक्ष उपेन्द्र यादवले…

Read More

विराटनगर । पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो । अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले बताएको छ ।

Read More

नयाँ दिल्ली । भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् ।  कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

Read More