Author: सूचनापाना

लमजुङ – मनाङ जाने एक मात्र बेंसीसहर-चामे सडक एक साता बन्द हुने भएको छ ।  सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि बिहीबार बिहान ८ बजेदेखि एक साता बन्द हुने भएको हो । डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले बुधबारदेखि सडक बन्द गर्ने भने पनि आर्थिक वर्षको मसान्त भएकाले सरकारी काममा समस्या हुने भएकाले बिहीवारदेखि सडक बन्द गरिने बताए । सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक सातासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्नेछ । उक्त सडक निर्माणका लागि संघीय सरकारले ६० लाख छुट्याएकाे छ । श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ । २०५१ देखि सडक डिभिजन…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने बताइएको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको मंगलबार बसेको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । त्यसैले प्रचण्डले ल्याउने प्रस्तावमाथि छलफल नगरी सोझै पारित हुने सम्भावना रहेको माओवादी स्रोत बताएको छ । मंगलबारका लागि डाकिएको केन्द्रीय कमिटिको बैठक बुधबारसम्म स्थगित गरेर मंगलबार प्रचण्ड निवास खुमलटारमा पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठक बसको थियो । माओवादीमा १५ सदस्यीय पदाधिकारीको व्यवस्था भएपनि आकांक्षी धेरै हुँदा पद तथा…

Read More

काठमाडौं । सरकारले आजको प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निर्णय गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभा चुनावको मिति घोषणा हुने बेला सरकारले विधेयक फिर्ता लिन लागेको हो । सरकारले नयाँ विधेयक ल्याए पनि दफावार छलफलका लागि समितिमा पठाउनुपर्ने हुन सक्छ । समितिमा सहमति जुटेन भने…

Read More

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीहरुले आज बुधबार भेट गर्दैछन् । आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर संघिय निर्वाचनको मिति प्रस्ताव गर्ने भएका छन् । आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो । आयोगले बुधबार मिति सिफारिस गरेपछि चुनावको तयारीका लागि कम्तिमा १ सय २० दिन समय राखेर सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ । आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको बताईएको छ । यसअघि कात्तिक ३० गते चुनाव गनेगरि सिफारिस गर्ने भनिएपनि आयोगले मंसिर २ वा ५ मध्ये एक…

Read More

काठमाडौं । प्रहरीले दार्चुलाको व्यास गाउँपालिका–३ गल्फास्थित सडक किनारमा बेवारिसे अवस्थामा प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको छ । प्रहरी र अपीनाम्पाका कर्मचारीले गोप्य सूचनाका आधारमा सुन्सेराबाट सिना जाने सडक किनारमा लुकाइछिपाइ राखेको अवस्थामा करिब ३५० किलोग्राम प्रतिबन्धित जडीबुटी च्याउ बरामद गरिएको हो । प्रहरी चौकी सुन्सेरा र अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको उक्त परिमाणको अवैध जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले बताए । बरामद गरेको सो जडीबुटी आवश्यक कारबाहीका अपीनाम्पा संरक्षण क्षेत्र रेन्ज पोस्ट सुन्सेराको जिम्मा लगाइएको छ । ठूलो मात्रामा भेटिएको प्रतिबन्धित जडीबुटी झ्याउबारे…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाले इन्धन खर्च साढे ३ करोड थप गर्ने प्रस्ताव पास गरेको छ । मङ्गलवार बसेको नगर कार्यपालिकाको बजेट थपको प्रस्ताव पास भएको हो । अब यसलाई नगर सभाले अनुमोदन गर्नुपर्नेछ । चालु आर्थिक वर्ष २०७८/०७९ मा इन्धनका लागि १० करोड बजेट विनियोजन भएको थियो । तर चैतमै सकिएकाले तीन महिनाका लागि साढे ३ करोड थप्ने प्रस्ताव पेस भएको हो, जुन पास भएको छ । यो बजेट आन्तरिक भ्रमणतर्फ खर्च नभएको बजेटबाट रकमान्तरण गरिने छ ।

Read More

सर्लाही । प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित हरिवन नगरपालिका-११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् । दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उन्ले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त हतियार र गोली बरामद भएको थियो । पेस्तोल र गोलीसहित पक्राउ परेका दासलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

Read More

लुम्बिनी । लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहुँदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन् । प्रदेशसभामा विभिन्न विषयगत सातमध्ये चार समितिको नेतृत्व एक वर्ष भन्दा बढी समयदेखि रिक्त रहेका छन् । समितिका केही सभापति तथा सदस्य सरकारका मन्त्री बनेका र केही सभापति प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले ती समिति नेतृत्वविहीन भएका हुन । प्रदेशसभामा सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति र अर्थ उद्योग तथा पर्यटन समिति नेतृत्वविहीन भएका हुन् । नेकपा विभाजनपछि अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने माओवादी केन्द्र छाडेर नेकपा एमालेमा समाहित भए । प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रको…

Read More

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घले हनुमान स्थानमा विरोध प्रदर्शन गरेको छ । मङ्गलवार दिउँसो जुलुससहित पुगेका युवा सङ्घ कार्यकर्ताहरूले सिंहदरबार नजिक रहेको हनुमान स्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।

Read More

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिन करिब सय जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यस अवधिमा तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पीसीआरबाट ७३ जनामा र एन्टिजेनबाट १७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार नौ सय ४४ जनामा पीसीआर र एक हजार एक सय ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना संक्रमणको जोखिम केही कम भएसँगै सर्वसाधारणले स्वास्थ्यका सामान्य मापदण्ड समेत पालना गर्न छोडेका छन् । यही कारण कोरोनाको जोखिम बढ्दै…

Read More