Author: सूचनापाना

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज बिहीबार मतदान सुरू भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज पुनः मतदान गरिएको हो । मतदान बिहान ७ बजेबाट सुरू भएको छ । मतदानका लागि नगरको सुरक्षा कडा पार्दै सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ  । सुरक्षा स्रोतका अनुसार मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइनुका साथै मंगलबारदेखि संयुक्त सुरक्षा टोलीले गस्तीसमेत गरिरहेका छन् । यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ । बुधबार र मंगलबार लगातार स्थगित भएको बैठक बिहीबार बस्न लागेको हो । केन्द्रीय समितिको बैठक आज ११ बजे बस्ने भएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको थियो र पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो । मंगलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो । पार्टी अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक स्थगित गरेर छलफल गरेको…

Read More

काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर  बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।   

Read More

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो । ‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा बस्ने सदस्यको नामावली तयारी हुँदैछ । सहमति अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ जना गरी ११ सदस्सीय छानबिन समिति बनाउन लागिएको हो । ‘समिति बनाउनु…

Read More

लमजुङ । लमजुङका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरू आर्थिक वर्ष ०७८/७९ को साउनदेखि २१ असारसम्ममा खारेज गरेको कार्यालय प्रमुख मीरा थापाले जानकारी दिइन् । थापाका अनुसार यस अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएका छन् । यसै अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष ०७७/७८ मा ९७० नयाँ उद्योग दर्ता भएका थिए भने ३६९ उद्योग नवीकरण भएका थिए ।

Read More

सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका–९ साउरे बस्ने पाकमाया तामाङको छोरा ७ वर्षीय सुजन तामाङको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ ।  आफ्नी आमासँग मामाघर जानेक्रममा वर्षाको कारण ओत लागि बसेको ठाउँमा परेको चट्याङ लागी सुजनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।  तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

Read More

काठमाडौं । सर्लाही, धनुषा र कपिलवस्तुमा डुबेर तीन जनाको मृत्यु भएको छ ।  सर्लाहीको हरिवन नगरपालिका–२ बस्ने बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको घरको आँगनमा राखेको पानीको ड्रममा डुबेर मंगलबार दिउँसो भएको हो ।  घरमा खेल्ने क्रममा ड्रममा डुबेर अशक्त भएकी उनको नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुर स्कुल टोलस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय सन्तोष महराको मंगलबार मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगर बस्ने ८ वर्षीय सुचाङ रोका मगरको सोही ठाउँस्थित सुरई खोलामा डुबेर मंगलबार मृत्यु भएको छ

Read More

काठमाडौं । काठमाडौं, सर्लाही, दाङ, पाल्पा र कपिलवस्तुमा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  काठमाडौं महानगरपालिका–२४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित एनटीसी टावर छेउको बाटोमा सोही ठाउँ बस्ने ३८ वर्षीय भोला मिश्रा मंगलबार मृत अवस्थामा फेला परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–७ बेतही खोला किनारमा सोही ठाउँ बस्ने ४१ वर्षीय दिपक थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रामपुर नगरपालिका–७ विजयपुर चोकस्थित सडक छेउमा सोही नगरपालिका–५ बस्ने स्याङ्जा चापाकोट हिलेमराङ स्थायी ठेगाना भएका ६९ वर्षीय भुवन…

Read More

लमजुङ । पहिरोले सडक अवरुद्ध हुँदा दुई सातादेखि बेँसीसहर बजारको सडक र घरको आँगनमा थुप्रिएको फोहोर उठ्न थालेकाे छ ।  बेँसीसहर नगरपालिकाको ल्याण्ड फिल साइट्स जाने बाटोमा पहिरो गएपछि दुई सातादेखि बेँसीसहर बजार क्षेत्रको फोहोर उठ्न सकेको थिएन् । बेँसीसहरको व्यस्त बजार क्षेत्रमा दुई सातासम्म फोहोर थुप्रिँदा बजार र सडक क्षेत्र दुर्गन्धित भएको थियो । अवरुद्ध सडक खुलेसँगै सोमबारबाट बजारमा थुप्रिएको फोहोर उठाउन थालिएको बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । ‘बेँसीसहर-८ स्थित कर्पुरेश्वर मन्दिरको उत्तरपट्टि रहेको ल्याण्ड फिल साइट्समा फोहोर व्यवस्थापन गरिँदै आएको थियो । वर्षाले मलामीचौर नजिकै ठूलो पहिरो गएकाले उक्त ल्याण्डफिलसम्म जाने बाटो नभएकाले फोहोर उठ्न सकेको थिएन,’ उनले भने…

Read More