Author: सूचनापाना

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा भएको अन्तर्घात छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा सो समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरूमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् । पार्टी प्रवक्ता कृष्ण बहादुर महराले केन्द्रीय समितिको बैठकमा स्थानीय चुनावमा अन्तर्घात भएको कुरा व्यापक रूपमा उठेपछि सो समिति गठन गरेको जानकारी दिएका हुन् । त्यस्तै, पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि पनि सुझाव समिति गठन गरेको छ । समितिमा पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । समितिले…

Read More

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ। ३ हजार ६४८ मत गणना सकिँदा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार २३९ मतले पछ्याइरहेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुवँरले २१७२ मत ल्याउँदा कांग्रेसकी रीता शाहीले १२६२ मत ल्याएकी छन्। यो समाचार तयार पार्दासम्म नगरपालिकाको वडा नम्बर १, ९ र १० को मत गणना सम्पन्न भइसकेको छ। तीन वटै वडा अध्यक्षमा एमालेले जित निकालेको छ। वडा नम्बर १ मा रणबहादुर थापा, वडा नम्बर ९ मा मीनबहादुर सिंह…

Read More

काठमाडौं । सरकारी जग्गालाई पाँचदेखि ४० वर्षसम्म लिजमा दिने व्यवस्था गरिएको छ। सरकारले अल्पकालीन रूपमा पाँच वर्ष, मध्यकालीन १५ वर्ष र दीर्घकालीन अवधिका लागि ४० वर्षको व्यवस्थासहित सरकारी जग्गा लिजमा दिने भएको हो। सरकारले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७९ मा यस्तो व्यवस्था गरेको छ । सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१ खारेज गरी बिहीबार नेपाल राजपत्रमा नयाँ कार्यनीति प्रकाशन गरिएको हो। यसअघि सरकारी जग्गा ३० वर्षसम्म लिजमा दिने व्यवस्था गरिएकोमा नयाँ कार्यनीतिमा ४० वर्ष गरिएको हो। निश्चित उद्देश्यका लागि संरचनासहित कसैले लिजमा लिने भएको हुँदा उसलाई सहज होस् भनेर अवधि बढाइएको भूमि…

Read More

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ४३९ मतले अग्रता लिएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् । एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र उपमेयरमा १ हजार २९० मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा ८८६ र उपमेयरमा ९१९ मत पाएका छन् । एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । यहाँ असार २३ गते स्थानीय तहको पुनः निर्वाचन भएको थियो ।

Read More

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन् । तर, समूहको नाम बताइएको छैन् । शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आफूले घरेलु बन्दुकले गोली हानेको आक्रमणकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आबे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए ।

Read More

काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । अवरुद्ध सडक खुलाउन डोजर र टिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उनको भनाइ छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट…

Read More

काठमाडौं । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ। शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए । “अब मागका आधारमा दैनिक सिमेन्ट पठाउने तयारी छ,” उहाँले भन्नुभयो। पाल्पा सिमेन्टले पाल्पाको माथागढी-७, रहबासमा रहेको खानीको चुनढुङ्गा प्रयोग गर्दै आएको छ ।…

Read More

काठमाडौँ । बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालय परिसरमा पुरिएर रहेको पूरानो एतिहासिक ढुङ्गेधारा उत्खनन् गर्नुपर्ने माग राख्दै पुरातत्व विभाग पुगी ज्ञापन पत्र दिएका छन् । शुक्रबार सम्पदा संरक्षण महाअभियानसँगै समूहको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ सिंहदरबारस्थित पुरातत्व विभागका दामोदर गौतमसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै महानिर्देशक गौतमले असार मसान्तपछि उत्खनन गर्न पहल गर्ने बताएका छन् । यस्तै, पर्यटन मन्त्री श्रेष्ठले सो धारा उत्खनन गर्न मन्त्रालयबाट सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउदै सम्पदा संरक्षण, पुनः निर्माणमा प्रदेश सरकारको तर्फ बाट सहयोग गराउन भूमिका रहने बता ए । सम्पदा संरक्षण महाअभियानका संयोजक यादवलाल कायस्थ ,अभियन्ता…

Read More

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि बिहीबार भएको मतदानको गणना सुरु भएको छ । शुक्रबार बिहान सर्वदलीय बैठकपश्चात् वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो । बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचनको मिति तोकेको थियो । हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।

Read More

सप्तरी । ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका–६ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ३३ वर्षीय धनबीर साह, धनबीर साहकी श्रीमती ३२ वर्षीया सरिता देवी साह, राजविराज नगरपालिका–८ बस्ने ५५ वर्षीया अमरिका देवी साह, सोही ठाउँ बस्ने २५ वर्षीया रन्जु साह र २२ वर्षीया अर्चना कुमारी साह रहेका छन् । उनीहरुले बलान बिहुल गाउँपालिका–५ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ४० वर्षीय विजय कुमार यादव, उनकी श्रीमती तथा छोरी समेतलाई धनबीर साह समेतका व्यक्तिहरूले असार १४ गते बिहान घरेलु हातहतियार प्रयोग गरी टाउको लगायत शरीरको सम्बेदनशील अंगहरुमा प्रहार…

Read More