Author: सूचनापाना

काठमाडौँ । आफ्ना परिवार सदस्यका नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौँ रुपैयाँ छुट्याएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री तथा सत्तारुढ नेताहरूलाई ‘रु १ दान’ अभियान सुरु गरेको छ । प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी ढुकुटीमा ब्रह्मलुट चलाएको र लुटतन्त्रलाई बढवा दिएको भन्दै सोमबारदेखि अनेरास्ववियुले अभियान सुरु गरेको हो । अभियानका क्रममा अनेरास्ववियु कार्यकर्ताले परिवारका सदस्यलाई बजेट छुट्याउनेमा जोडिएका मुख्यमन्त्रीसहित मन्त्री, नेताहरूको तस्बिर आफ्नो अनुहारमा टाँसेर रत्नचोकमा उभिएर दान मागेका थिए । ‘सरकारले आफ्नो परिवारका सदस्यका नाममा सरकारी बजेट नै विनियोजन गरेर राज्यकोषको दुरुपयोग भएको छ,’ अनेरास्ववियुका गण्डकीका अध्यक्ष प्रकाश पौडेलले भने, ‘आफ्नो ट्रस्ट चलाउन सरकारी…

Read More

टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याबारे गरिएको अनुसन्धानले आक्रमणकारीले आक्रमणमा प्रयोग गरिएको बन्दुक बनाउँदा युट्युब जाँच गरेको खुलासा गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  जापान टाइम्सका अनुसार आक्रमणकारी तेत्सुया यामागामीले आफूलाई रिस उठेको धार्मिक समूहमा आबद्ध एउटा स्थानमा घरेलु बन्दुकको परीक्षण गरेको थिए । आफ्नी आमाले उक्त संस्थालाई ‘ठूलो दान’ दिएको यामागामीले बताएका छन् । सिन्जो आबे पनि सोही संस्थामा आबद्ध रहेको आक्रमणकारीको विश्वास छ ।  शिन्जो आबेको हत्यापछि पुलिसले यामागामीको घरमा विस्फोटक पदार्थ र धेरै घरेलु बन्दुकहरू फेला पारेको थिगयो । फेला परेकामध्ये एउटा हतियार सिन्जो आबेको हत्या गर्न प्रयोग गरिएको थियो । आक्रमणकारीले बन्दुक बनाउने प्रयासमा बारम्बार युट्युब…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा प्रस्तुत भएको संवैधानिक परिषद् ऐन र ल्याउन खोजिएको नागरिकता विधेयकमा पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन् । विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै पाँच दलीय गठबन्धनमा छलफलको माग गरेका हुन् । ‘संवैधानिक परिषद् ऐन संशोधन विधेयकको हकमा पनि तत्कालीन प्रम केपी ओलीले अध्यादेशमार्फत ल्याएको र हामी सबैले विरोध गरेको प्रावधान नै ल्याउन खोज्नु नैतिक र उपयुक्त हुन सक्दैन, यस्तो दोहोरो मापदण्ड प्रदर्शन नगरौं’, श्रेष्ठले भनेका छन्, ‘संसदमा ल्याउन खोजिएको…

Read More

काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई सोमबार बिहान उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पतालमा ल्याइएको छ । उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए । दुई दिनअघि समस्या बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएको उनको सचिवालयका एक जना सदस्यले जानकारी दिए ।

Read More

बझाङ । बुङ्गल नगरपालिकामा बाघले दुई वटा बाख्रा खाएको छ । भने १० बाख्रा मारेको छ ।बुङ्गल नगरपालिका- १ सतिवनका धनबहादुर बोहराको बाख्री खोरीमा पसेर बाघले दुई बाख्रा खानुकासाथै १० वटा बाख्राहरू मारेको हो । शनिबार दिउँसो बाख्रा चराएर बेलुका कोट्याएर घर फर्के तर आइतबार बिहान बाख्रा खोरमा पुग्दा बाख्रा मारेर छोडेको अवस्थामा फेला परेको बोहराले बताए । बोहराका अनुसार घरभन्दा माथि बनाइएको बाख्रा खोरमा बाख्रालाई कोट्याएर घरफर्किएपछि रातिको समयमा बाघले खोरको पाखा उछिट्याएर बाख्रा खानुकासाथै मारेर छाडेको थियोे । जंगल नजिकै बाख्रा खोर भएको र बस्ती टाढा हुँदा बाघले खोरमा पसेर बाख्रालाई मारेको वडाध्यक्ष कस्वा बोहराले बताए । बाघले…

Read More

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाकाे अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार सात सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्धी रङ्गबहादुर खाती तीन हजार सात सय ७४ मत ल्याएर पराजित भएका छन् । यसैगरी, उपमेयरमा विजयी एमाले उम्मेदवार कुँवरले चार हजार सात सय २७ मत ल्याउदा प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी रिता शाही ( शाह) तीन हजार सात सय ५५ मत ल्याएर पराजित भएकी छन् । १० वडा रहेको बुढीगंगा नगरपालिकामा सात वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसले तीन वडा जितेको…

Read More

टोकियो । पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनावी प्रचारका क्रममा हत्या भएको दुई दिनपछि जापानी मतदाताहरूले आइतबार माथिल्लो सदनको चुनावमा आफ्नो मतदान गरेका छन् । आबेको सत्तारुढ लिबरल डेमोक्रर्याटिक पार्टीले आफ्नो बहुमत बढाउने अपेक्षा गरिएको जारी चुनाव हत्याको छायाँमा परेको छ । विभत्स हत्याले प्रजातान्त्रिक पक्रिया अवरोध नहुने प्रधानमन्त्री फुमिको किसिदा र अन्य राजनीतिज्ञहरूले बताउँदै आएका छन् । ‘चुनावका क्रममा आवाज दबाउन हामीले कहिल्यै पनि हिंसालाई अनुमति दिनु हुन्न’, उनले भने । उनले टोकियोस्थित आबेको घरमा शोक व्यक्त गरेका छन । अबेको शव शनिबार दिउँसो पश्चिमी जापानको अस्पतालबाट घरमा लगिएको थियो । अबेको हत्यापछि सम्पूर्ण देश नै स्तब्ध बनेको छ । उनको…

Read More

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको छ । कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो । नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्नेछ । त्यसअघि नै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गर्नुपर्ने नियमावलीमा उल्लेख छ । नियमावलीअनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकमको भुक्तानी भने बन्द गर्नुपर्नेछ ।

Read More

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात हुने अलैँची दक्षिण एसियाकै २ वटा देशमा निर्यात हुने गरेको छ । नेपालबाट यस अवधिमा भारत र पाकिस्तानमा अलैँची निर्यात भएको विभागको तथ्याङ्क छ । नेपालबाट भारतर्फ ४ अर्ब ५२ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । यस अवधिमा भारततर्फ ४९ लाख ८० हजार किलोग्राम अलैँची निर्यात भएको छ…

Read More

काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिले रिक्त ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दीमा बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीका ३२ एसएसपीलाई बढुवामा सिफारिस गरेको हो । पहिलो नम्बरमा बढुवा सिफारिसमा गणेश चन्द परेका छन् । उनी २०५१ मा भर्ना भएका प्रहरी अधिकृत हुन् । उनीसँगै भर्ना भएका अर्का दिल्लीराज विष्ट १८ औं नम्बरमा बढुवा सिफारिस भएका छन् । यस्तै दोस्रो नम्बरमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् । यस्तै तेस्रो नम्बरमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुर्वेदी र पाँचौं नम्बरमा दानबहादुर कार्की बढुवा सिफारिस भएका छन् ।

Read More