Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । चितवन जिल्लाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन् । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, ‘सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०६४ को व्यवस्था अनुकूलसमेत देखिन नआएको र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९र १० समेतको प्रतिकूल हुने देखिएकाले प्रस्तुत रिट निवेदनको अन्तिम किनार नलागेसम्म विपक्षी यातायात व्यवस्था सेवा कार्यालयद्वारा यस सम्बन्धमा जारी भएको मिति २०७९/१/२ /२०७९/ ३/१६ को सूचनालगायत काम कारबाही सोहीरुपमा…
अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने, हिंसामा परेकालाई क्षतिपूर्ति दिइने
काठमाडौं – संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो । समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने छ । प्रचलित व्यवस्था अनुसार पीडितलाई पीडकबाट नै क्षतिपूर्ति दिलाउने व्यवस्था थियो । यो व्यवस्थाका कारण पीडकले ‘मैले दिएको पैसा खाएर बसेको छ/छे’ भनेको सुनिएको र यसले पीडितलाई थप पीडा हुने र अपहेलित महसुस हुने भन्दै सांसदहरुले यसमा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनु पर्ने प्रस्ताव गरेका थिए…
धनगढी । सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षको बजेट खर्च ६८ प्रतिशतसम्म हुने अनुमान गरिएको छ । वैशाख महिनामा प्रदेश सरकारले ७० प्रतिशत आसपासका चालू आर्थिक वर्षको बजेट खर्च हुने अनुमान गरे पनि असार अन्तिमसम्म आइपुग्दा खर्च घट्ने अनुमान गरिएको हो । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बिहीबारसम्म सुदूरपश्चिममा ५३ दशमलव ४५ प्रतिशत मात्रै बजेट खर्च भएको छ । महालेखाको कार्यालयले २५ असार रातिसम्म मात्रै बजेट खर्च गर्न पाउने अख्तियारी दिएका कारण खर्च अनुपात अट्ने अनुमान गरिएको जनाइएको छ । मूल्यवृद्धिका कारण काम गर्नसक्ने वातावरण नभएको भन्दै निर्माण व्यवसायीले काम गर्न छाडेर ‘होली डे’ मनाएका कारण खर्च घटेको प्रदेश आर्थिक मामिला तथा योजना…
काठमाडौँ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानबाट दुई जनालाई पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका–१२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेत छन् । किशोरीलाई ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा त्यहाँ गएर जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । इलाका प्रहरी कार्यालय राँगेचौरले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
जनकपुर – मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण मार्फत ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य जनकपुरधामलाई व्यवस्थित बनाउने उद्देश्य लिइएको छ । जनकपुरमा हाल आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत दैनिक हजारौको संख्यामा यात्रु आवतजावत गर्दै आएका छन् । बसपार्कको सहरी विकास मन्त्री मेटमणि चौधरीले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । मन्त्री चौधरीले सम्झौता बमोजिम…
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो । प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् ।
काठमाण्डौ । काठमाण्डौमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति २ बजे सानो भर्याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर पल्टिँदा स्कुटरको पछाडि बस्ने चितवनका अर्जुन लोहनीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको मनमोहन मेडिकल कलेज सीतापाइलामा ज्यान गएको हो । स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार स्कुटर अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएको थियो । यस्तै, काठमाण्डौको शङ्खरापुर नगरपालिका-९ खुलालटारमा गएराति मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको छ । बा ५८ प ६५५० नम्बरको मोटरसाइकल पल्टिँदा चालक त्यहीँ ठाउँका ४५ वर्षका दीपक केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।
भारत । भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सका टोलीलाई पूर्वसावधानी उपायको रूपमा सहरमा तैनाथ गरिएको छ । महाराष्ट्र राज्यमा मनसुन वर्षा सामान्य हो । वर्षाले लाखौं किसानको भाग्यलाई मार्गनिर्देशनसमेत गर्छ । अधिकांश किसान आफ्नो उत्पादनका लागि वर्षामा निर्भर छन् । विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनले वर्षालाई कम अनुमान गर्न…
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सभामुख अग्निप्रसाद सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको…
चितवन । चितवनको कालीका नगरपालिकामा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालीका–८ मझुवामा रहेको कमला विकको खेतमा बुधवार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । त्यही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । हिजो बेलुका ६ बजेतिर चट्याङ परेको बताइएको छ ।