कैलाली । बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि बिहीबार भएको मतदानको गणना सुरु भएको छ ।
शुक्रबार बिहान सर्वदलीय बैठकपश्चात् वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो ।
बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।
वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचनको मिति तोकेको थियो ।
हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् ।
उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।