काठमाडौँ । बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालय परिसरमा पुरिएर रहेको पूरानो एतिहासिक ढुङ्गेधारा उत्खनन् गर्नुपर्ने माग राख्दै पुरातत्व विभाग पुगी ज्ञापन पत्र दिएका छन् ।
शुक्रबार सम्पदा संरक्षण महाअभियानसँगै समूहको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ सिंहदरबारस्थित पुरातत्व विभागका दामोदर गौतमसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै महानिर्देशक गौतमले असार मसान्तपछि उत्खनन गर्न पहल गर्ने बताएका छन् । यस्तै, पर्यटन मन्त्री श्रेष्ठले सो धारा उत्खनन गर्न मन्त्रालयबाट सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउदै सम्पदा संरक्षण, पुनः निर्माणमा प्रदेश सरकारको तर्फ बाट सहयोग गराउन भूमिका रहने बता ए ।
सम्पदा संरक्षण महाअभियानका संयोजक यादवलाल कायस्थ ,अभियन्ता शैलेश वरे शाक्यका लगाएत अभियानता समुहले यसअघि नै नेपाल विद्युत प्राधिकरणसँग ज्ञापनपत्र बुझाइसकेको छ।