बझाङ । बुङ्गल नगरपालिकामा बाघले दुई वटा बाख्रा खाएको छ । भने १० बाख्रा मारेको छ ।
बुङ्गल नगरपालिका- १ सतिवनका धनबहादुर बोहराको बाख्री खोरीमा पसेर बाघले दुई बाख्रा खानुकासाथै १० वटा बाख्राहरू मारेको हो ।
शनिबार दिउँसो बाख्रा चराएर बेलुका कोट्याएर घर फर्के तर आइतबार बिहान बाख्रा खोरमा पुग्दा बाख्रा मारेर छोडेको अवस्थामा फेला परेको बोहराले बताए ।
बोहराका अनुसार घरभन्दा माथि बनाइएको बाख्रा खोरमा बाख्रालाई कोट्याएर घरफर्किएपछि रातिको समयमा बाघले खोरको पाखा उछिट्याएर बाख्रा खानुकासाथै मारेर छाडेको थियोे ।
जंगल नजिकै बाख्रा खोर भएको र बस्ती टाढा हुँदा बाघले खोरमा पसेर बाख्रालाई मारेको वडाध्यक्ष कस्वा बोहराले बताए ।
बाघले बाख्रालाई खाएको देखेपछि स्थानीयहरू त्रसित भएका छन् । उक्त ठाउँमा हप्ताको एक दुई बाख्रा बाघले खाने गरेको स्थानीय जयलाल बोहराले बताए ।