Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बेँसीसहरमा दुई सातादेखि थुप्रिएकाे फोहोर उठ्न थाल्यो

    बेँसीसहरमा दुई सातादेखि थुप्रिएकाे फोहोर उठ्न थाल्यो

    By सूचनापाना२२ असार २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    लमजुङ । पहिरोले सडक अवरुद्ध हुँदा दुई सातादेखि बेँसीसहर बजारको सडक र घरको आँगनमा थुप्रिएको फोहोर उठ्न थालेकाे छ ।  बेँसीसहर नगरपालिकाको ल्याण्ड फिल साइट्स जाने बाटोमा पहिरो गएपछि दुई सातादेखि बेँसीसहर बजार क्षेत्रको फोहोर उठ्न सकेको थिएन् ।

    SuchanaPana.com

    बेँसीसहरको व्यस्त बजार क्षेत्रमा दुई सातासम्म फोहोर थुप्रिँदा बजार र सडक क्षेत्र दुर्गन्धित भएको थियो । अवरुद्ध सडक खुलेसँगै सोमबारबाट बजारमा थुप्रिएको फोहोर उठाउन थालिएको बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । ‘बेँसीसहर-८ स्थित कर्पुरेश्वर मन्दिरको उत्तरपट्टि रहेको ल्याण्ड फिल साइट्समा फोहोर व्यवस्थापन गरिँदै आएको थियो । वर्षाले मलामीचौर नजिकै ठूलो पहिरो गएकाले उक्त ल्याण्डफिलसम्म जाने बाटो नभएकाले फोहोर उठ्न सकेको थिएन,’ उनले भने ।

    सोमबार दमौलीबाट डोजर ल्याएर बाटो मर्मत गरेपछि फोहोर उठाउन सुरु गरिएको नगरप्रमुख अर्यालको भनाइ छ ।

    यसअघि असार ०६८ मा पनि करिब एक महिना फोहोर उठ्न सकेको थिएन । त्यो बेला गौंथलीडाँडामा फोहोर व्यवस्थापन गरिन्थ्यो । त्यहाँका स्थानीयवासीले अबरोध गरेका कारण एक महिनासम्म फोहोर उठेको थिएन । पछि हालको ल्याण्डफिल तयार गरेर मात्रै फोहोर व्यवस्थापन गर्न सकेको लमजुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेश थापाले बताए । ‘बेँसीसहर बजार विस्तार हुँदै गएको छ, जसले फोहोर पनि धेरै उत्पादन हुन थालेकाे, अहिलेबाटै विकल्प तयार राखिराख्नुपर्छ,’ उनले भने ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    झाडी फाडेर फलफूलखेती

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ का स्थानीय…

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    २७ आश्विन २०८२, सोमबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका

    २१ जेष्ठ २०८०, आईतवार

    सरकारले भोलि बञ्चरेडाँडा संघर्ष समितिसँग वार्ता गर्ने

    २६ जेष्ठ २०७९, बिहीबार

    सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि मन्त्री कक्षमै हातपात

    २६ जेष्ठ २०७९, बिहीबार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.