काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जर्नादन शर्माबारे प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।
केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा अर्थमन्त्री शर्माले अनाधिकृत मानिसलाई बजेट बनाउन सहभागी गराएको र उक्त दिनको सिसिटिभी फुटेज माग्दा डिलिट भइसकेको जवाफ दिएकोबारे केही नेताहरूले कुरा उठाएका थिए ।
अर्थमन्त्रीबारे धेरै कुरा आएपछि अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गर्ने कुरा भएको एक नेताले जानकारी दिए । प्रमुख विपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै संसददेखि सडकसम्म आवाज उठाइरहेको छ ।