सिन्धुपाल्चोक । जिल्लाका मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मंगलबार विहान मर्मतको काम भैईरहेको गिरान्चौर भोटेचौरको सडक अनुगमन गरेका छन् ।
तामाङले बर्खाको समयमा स्थानीयवासीलाई आवतजावत गर्न समस्या नआउने गरि काम गर्न निर्देशन समेत दिएका छन् ।
गत वर्षको असारमा मेलम्चीमा आएको बाढीले पुर्या्एको क्षति सुल्झिन नपाउदै यस वर्षपनि बर्खा सुरु भएसँगै आएको पानीले विभिन्न ठाउँका सडक विग्रदा स्थानीय बासी प्रभावित भएका छन् ।