Author: सूचनापाना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । २१ गते (मंगलबार) दिउँसो एक बजे बस्नेगरी देउवाले बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए । पार्टीभित्रका अरू विषय र राजनीतिक विषयमा समसामयिक छलफल गर्ने गरी बैठक बोलाइएको उनले बताए ।

Read More

लमजुङ । लमजुङमा किटजन्य रोगहरुको उच्च जोखिम रहेको एक सर्वेक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जिल्लाको तिन पालिकामा एकिकृत रुपमा गरेको सर्वेक्षणबाट कीटजन्य रोगहरु औलो, हात्तिपाइले, इन्सेफ्लाइटिस र डेंगुको उच्च जोखिम रहेको पाइएको छ ।  जिल्लाको राइनास, मध्यनेपाल र सुन्दरवजार नगरपालिकामा गरिएको सर्वेक्षणबाट किटजन्य रोगहरु सार्ने जिवाणुहरु प्रसस्त मात्रा भेटीएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक यम वरालले वताए । एकिकृत भेक्टर सर्भिलेन्सको नतिजा वारे जानकारी दिदै भेक्टर कन्ट्रोल निरिक्षक वरालले कार्यालयले सर्वोक्षण गरेका स्थान तथा क्षेत्रहरु मध्ये राइनासमा औलो र हात्तिपाइले रोग सार्ने लामखुट्टे संख्यात्मक रुपमा सवैभन्दा वढी पाइएको बताए । सर्वेक्षणको नजिताले राइनासका सो क्षेत्रमा अन्य रोगको…

Read More

काठमाडौं । गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले आमन्त्रण गरेका छन् ।  दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो । भेटमा राजदूत अल हेलले ‘कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ का लागि आमन्त्रण गर्नुभएको’ सामाजिक सञ्जालमार्फत शर्माले जनाए । कतार विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ । जसका लागि ३२ देशले छनोट पूरा गरिसकेका छन् ।

Read More

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि कमाण्डरहरुसमेत तोकिएको छ । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि सातै प्रदेशमा कमाण्डर तोकेको हो । प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

Read More

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चुनावमा जुन दलसँग गठबन्धन गर्दा पार्टीलाई फाइदा पुग्छ उहीसँग गर्ने निर्णय गरेको छ ।  दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट गठबन्धनको प्रस्ताव आएको भन्दै लोसपाले जोसँग गर्दा फाइदा हुन्छ उहीसँग गठबन्धन गर्ने आइतबार सम्पन्न लोसपाको कार्यकारिणी समिति बैठकले निर्णय गरेको हो । त्यस्तै बैठकले यसै साता केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय गरेको छ । लोसपाले मत अभावका विषयमा सरकारो ध्यानाकर्षणका लागि प्रमुख जिल्ला अधिकारीहरुमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

Read More

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित रहेको नुनथर बागमती खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । रौतहटको नुनथरमा घुम्न आएका भारतीय नागरिकको नुनथर बागमती खोलाले पौडी खोल्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको हो । भारतको सितामडीबाट बिआर ०१ एसफ ६६१९ कारबाट शनिबर रौतहटको नुनथरमा घुम्न आएका तीन जना भारतीय नागरिकलाई खोलामा पौडी क्रममा खोलाले बगाएको थियो । खोलामा पौडी क्रममा भारतको सितामडी जिल्ला कोटबजारका २७ वर्षीय सुमन साह, ३१ वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमारलाई खोलाले बगाएको थियो । खोलाले बगाउने क्रममा स्थानीयले थाहा पायलगतै बचाउने क्रममा साहलाई बचाउन…

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले पार्टीका १३ केन्द्रीय विभागमा सचिव मनोनित गरेको छ । आज बसेको सचिवालय बैठकले सचिवहरु मनोनित गरेको हो ।  बैठकले संगठन विभागमा सम्झना देवकोटा, वित्त तथा आर्थिक विभागमा डा भीष्म अधिकारी, उपभोक्ता हित संरक्षण विभागमा मोहिनी खनाल, संसदीय विभागमा डा सूर्य पाठक, श्रम तथा रोजगार विभागमा जनक चौधरी, सामाजिक सेवा विभागमा डा नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापा, संघीय मामिला विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्प ज्योति ढुंगाना र कानून विभागमा डिल्लीराम मैनालीलाई मनोनित गरे‍को छ । त्यस्तै स्थानीय तह विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभागको सचिवमा गगन विष्ट र…

Read More

सिन्धुपाल्चोक । कृषिलाई आधुनिकीकरण गर्न जुगल गाउँपालिकाद्दारा कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । कृषि काममा केही मात्रामा सहज र उत्पादन बढाउने उदेश्यका साथ गाउँपालिकाले ३३ वटा हाते ट्याक्टर र ६ वटा धान,गहु,कोदो चुट्ने थ्रेसर मेसिन, ५० प्रतिशत अनुदानमा पालिका अध्यक्ष रेशम स्याङ्बो र प्रशासकीय अधिकृत लोक बहादुर वि।क ले वितरण गरेका हुन् । बेला-बेलामा स्थानिय सरकारबाट हुने यस्तो सहयोगले किसानहरुलाई आधुनिक कृषि कर्ममा आकर्षित गराउनका साथै उनीहरुमा आफ्नो पेसाप्रति उर्जा र उत्साहको वातावरण मिल्ने पालिका प्रमुख स्याङ्बोले बताए ।

Read More

काठमाडौं । मनसुनजन्य विपद्का घटनाले बितेको ११ वर्षमा नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७८ चैत मसान्तसम्म ११ वर्षको अवधिमा नेपालमा मनसुनजन्य विपद्का घटनाका कारण २ हजार ६६२ जनाको मृत्यु भएको छ । सोही समयमा रेकर्ड भएका ५ हजार ८२५ वटा मनसुनजन्य विपद्का घटनामा ८८० जना व्यक्ति बेपत्ता भएका छन् । विपद्का घटनाले ११ वर्षमा १९ अर्ब ८ करोड ३७ लाख ९७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ । ‘नेपालको भौगर्भिक, भौगोलिक तथा जलवायुको अवस्था, वर्षातको प्रकृति एवं प्रवृत्ति, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन, जथाभावी हुने…

Read More

काठमाडौं । काठमाण्डौको बल्खुमा आज भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् । मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ । बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो । सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

Read More