कठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटी बैठकमा आज मंगलबार अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ ले प्रतिवेदनमा उठेका प्रश्नहरुमाथि जवाफ दिनेछन् ।
प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले प्रश्नहरुमाथि जवाफ दिन लागेका हुन् ।
सोमबारको बैठकमा केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग पनि उठेको छ ।
आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् । सोमबार ४६ जना नेताहरूले आ आफ्नो धारणा राखेका थिए ।