खोटाङ । रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित डाँँडागाउँमा पहिराले एक घर बगाएको छ। शुक्रबार साँझदेखिको वर्षाका कारण पहिरो जाँदा बलराम खत्रीको घर बगाएको हो।
घरमा मानिस नरहेका कारण मानवीय क्षति भने भएको छैन। भैरव बहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको छ। भैरव, हरि राई, पर्शुराम राई लगायत १० घर उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए।
पहिरो अझै रोकिएको छैन, त्यसैले जोखिममा परेका घरका मानिसलाई अन्यन्त्र सार्ने सोचमा रहेको उनले बताए । पहिरो अझै पनि निरन्तर गइरहेको स्थानीयले बताएका छन्।