Author: सूचनापाना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

Read More

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले गृह मन्त्रालय मार्फत सरकारलाई उक्त आग्रह गरेको हो ।  निर्वाचन ब्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचन सम्वन्धी कानूनमा भएको ब्यवस्था समेतको आधारमा इभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा पठाइएको आयोगले जनाएको छ । ‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा इभीएमको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त…

Read More

काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । बैठक दुई दिनसम्म चल्ने छ । पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारबाहीको अधिकार पनि आफैँले राखेका थिए । उनको निर्णयप्रति बाबुराम भट्टराई खेमाका नेताहरुले विरोध गर्दै आएका छन् । यहीबीचा जसपाको बैठक बोलाइएको हो ।

Read More

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कर्मचारी अभाव हुँदा नागरिकहरु मर्कामा परेका छन् । स्थानिय तहको निर्वाचन पछि कार्यालयका प्रमुख प्रशासकिय अधिकृत र अन्य फाँटका कर्मचारीहरु सरुवा भएर अन्यत्र गएपछि उक्त कार्यालयमा कर्मचारीहरुको अभाव सिर्जना हुँदा नागरिकहरु मर्कामा परेका हुन् । हाल उक्त कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत १ जना, प्रशासन तर्फ छैठौ अधिकृत १ जना, पाचौं अधिकृत २ जना, चौथो तहमा १ जना, प्राविधिक फाँट तर्फ प्राविधिक इन्जिनियर १ जना, सहायक इन्जिनियर १ जना र सव–इन्जिनियर ४ जनाको दरवन्दी रिक्त रहेको छ । त्यस्तै कृषि शाखा तर्फ कृषि सहायक ४ जना, पशु शाखा तर्फ पशु शाखा अधिकृत १ जना, पशु…

Read More

लमजुङ । लमजुङमा  ४० प्रतिशत रोपाई सकिएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे । मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाई चाडै सुरु गरिएकाे थियो । लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै रोपाई भइरहेको छ । यहाँ किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या-२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । केन्द्रका अनुसार जिल्लामा १३ हजार दुई सय ५० हेक्टर जग्गामा धान खेती गरिँदै आएको…

Read More

काठमाडौं । भक्तपुर, स्याङ्जा, कञ्चनपुर प्युठानमा वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाईएको पर्खाल वर्षाको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६ वर्षीया नारायण देवी थापा रहेकी छन् । उनको पुरिएर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । पर्खाल नजिकै हिँडिरहेको अवस्थामा पर्खाल भत्किँएर पुरिएकी उनको स्थानीय र प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । स्याङजाको गल्याङ नगरपालिका–१० डुबिनडाँडा बस्ने ढाकाराम भट्टराईको धन्सार बर्षाको कारण भत्किँदा पुरिएर एक जनाको मृत्यु…

Read More

सम्झना कार्की,सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो । जुरेको बस्तीमाथिबाट पहाड खस्दा सिङ्गो बस्ती पुरियो भने एक सय ४५ जनाको ज्यान गयो, सयौँ परिवार विस्थापित भए । आठ वर्षअघिको पहिरोले जुरेकी सरिता तामाङको परिवार पनि विस्तापित बन्यो । उनी विदेशमा र श्रीमान भ्यान लिएर तातोपानी बोर्डर पुगेकाले बाँचेका थिए । तर, उनीले सासुससुरासँगै दुई छोरी र एक छोरा पहिरोमा गुमाए । घटनालगत्तै सरिता नेपाल आएकी हुन् । हुर्कदै गरेका बालख छोराछोरी गुमाएर आफूहरू बाँच्नु परेको पीडाले उनीहरूलाई निकै सताउँछ । उनीहरू भन्छन्, ‘बुढेसकालमा टेक्ने लौरो गुमाउनुप¥यो । जत्तिबेलै…

Read More

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीले स्वीकृत गरेको प्रदेशसभामा जानकारी गराएपनि उनी आफैले राजीनामा नदिएको बताएकी छन् । जेठ ३१ गते उनका प्रेमी भनिएका दाङका एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमति तथा छोरीलाई कुटपिट तथा घरमा तोडफोडको आरोप लागेकी राज्यमन्त्री वलीले १२ गते राजीनामा दिएको र बुधबार स्वीकृत गरिएको मुख्यमन्त्री केसीले सदनमा जानकारी दिएका थिए । तर वली आफैले राजीनामा नदिएको दावी गरेकी छन् । विमलाले बुधबार नै आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी थिइन्। उनको राजीनामा नदिएको भनाइ र सरकारले स्वीकृत गरेको विषयले उनलाई थप विवादमा तानेको छ…

Read More

धनगढी । दुई दिनदेखिको अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको बजार क्षेत्र जलमग्न भएको छ । उपमहानगरपालिकाको वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् । धनगढीमा पानीको निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न भएपछि स्थानीयवासीले डुबानको समस्या भोग्ने गरेका छन् । धनगढीमा मंगलबारदेखि परिरहेको पानी बिहीबार बिहानसम्म रोकिएको छैन । वर्षा नरोकिएमा नगर क्षेत्र डुबानमा पर्ने चिन्ता व्यक्त गरिएको छ । बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गरेका छन् । उनले भने, ‘नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौं ।’ उद्धारका लागि सुरक्षा निकायलाई…

Read More

चितवन । जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उनले जानकारी दिए । यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ । यसैगरी पहिरोका कारण…

Read More