Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मङ्गलबार कम्तीमा पाँच जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार सफा गर्न एकजना मानिस भित्र पसेका थिए तर विषाक्त ग्यासका कारण बेहोस भएका थिए । बेहोस भएको व्यक्तिलाई बाहिर निकाल्न अन्य सात जना इनारभित्र पसेका थिए दुर्भाग्यवश उनीहरु पनि बेहोस परेको सिन्ह्वाले उल्लेख गरेको छ । उक्त खबर पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको समाचारमा जनाइएको छ । सो घटनामा परी निसास्सिएर पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको सिन्ह्वाले जनाएको छ।
काठमाडौं । कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । यसैगरी कैलालीकै कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । चट्याङ् लागेर अशक्त भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ न गाउँ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र…
धनगढी । नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई पदमुक्त गरिएको छ । सोमबार बसेको एमालेको सुदूरपश्चिम प्रदेश बैठकले थापालाई कारवाहीस्वरुप अध्यक्ष पदबाट हटाएको हो । बैठकले जिल्ला कमिटीबाट आएको सिफारिसअनुसार थापालाई अध्यक्ष पदबाट हटाएर जिल्ला उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले बताए । २३ असारमा एमाले जिल्ला सचिवालयको बैठकले चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी कमिटीको बैठक नराखेकाे भन्दै कारवाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । सो निर्णय सदर गर्दै आगामी १५ साउनभित्र जिल्ला अध्यक्षका लागि निर्वाचन गर्न निर्देशन दिएको सचिव पाठकले बताए ।
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ अजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको छ,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने । २०२० सम्म गृह मन्त्रालयको डिआरआर पोर्टल, विपद् पोर्टल, जलोत्पन्न प्रकोप विभाग र विश्व खाद्य कार््यक्रमबाट उपलब्ध तथ्याङ्कको…
काठमाडौं । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय एक नेताले बताए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्। कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुने भएको छ । यसअघि हिजो बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ। अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्य योजनासम्म समेटिएका छन्। राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ। प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ। प्रतिवेदनमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ । देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुने बताइएको छ ।
उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई आफ्नो एक महिनाको सेवा उपलब्ध गराउने अध्यक्ष बिसीको घोषणा
काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष तथा बसुन्धरा माबि भैरबस्थानका बिब्यस अध्यक्ष एवं लोकप्रिय युवा नेता डम्बर बिसीद्वारा बसुन्धरा माविमा अध्यनरत शिशु देखी कक्षा १२ सम्म उत्कृष्ट अन्क ल्याउने तथा उच्च प्राबिधिक शिक्षा अध्यन गर्न नाम निकाल्न सफल विद्यार्थीलाई आफुले पाउने एक महिना बराबरको सेवा सुबिधा उपलब्ध गराउने घोषणा गरेका छन् । बिद्यालय ले आयोजना गरेको जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष बिसीले यस्तो रचनात्मक कामको प्रतिबद्धता गर्नु भयको हो । बसुन्धरा माबी अध्यक्ष बिसी आफैले पनि कक्षा १ देखि एसएलसी सम्म उतिर्ण गरेको बिद्यालय हो भने हाल दोस्रो कार्यकाल बिब्यसको अध्यक्षमा सर्बसम्मत चुनिनु भयको थियो । वहाँकै पालामा विद्यालयको…
बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सोमबार आयोजना गरिएको सभा विषय प्रवेश नगरी दोस्रो पटक स्थगित भएको हो । दलीय प्रतिनिधित्व हुने गरी वडाध्यक्षसहित प्रमुख र उपप्रमुखसँग बसेको बैठकमा छलफल गरेर नै आजको नगरसभा स्थगित गर्ने निर्णय गरेको थियो । तर सहमति अनुरूप अर्को मिति तोकेर नगरसभा गरिनु पर्ने भएता पनि नगरसभा राष्ट्रिय गान बजार सुरु भएलगत्तै नगर प्रमुख राजन पौडेलले गणपूरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरे। यसअघि १० गते बसेको बैठक समेत सुरु नै नभई स्थगित भएको थियो । कार्यपालिका बैठकमा छलफलनै नगरी…
काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा गएको छ । आफूभन्दा जुनियरलाई आईजी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा जिकिर गरेका छन्। सोमबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आगामी असार १९ गतेका लागि पेसी तोकिएको छ । आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।