Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले आ.व. ०७९–८० को बजेट प्रस्तुत गरेको छ । बाह्रौँ नगरसभाअन्तर्गत उपप्रमुख सिता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएकाे छ । नगरपालिकाले कृषि क्षेत्रका लागि ४ करोड विनियोजन गरेको छ । त्यसैगरी पशु विकास सेवाका लागि २ करोड र रोजगार सिर्जनाका लागि १ करोड , स्वास्थ्य तर्फ ३ करोड ५० लाख विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ ४ करोड ५० लाख, नगर गौरवका योजनाका लागि २ करोड विनियोजन…
रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्षको २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार पालिकाकी उपाध्यक्ष गीता विष्टले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । पालिकाले गत वर्षकै योजनालाई अगाडि सार्दै नीति कार्यक्रम ल्याएको छ । समृद्ध र सुखी सुनापतिः कृषि पर्यटन हाम्रो सम्पती, स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने, जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम, सुत्केरी महिलासंग उपाध्यक्ष कार्यक्रम, सिमान्तकृत जातीलाई भत्ता दिने, प्राविधिक शिक्षा संचालन, एक बिद्यालय एक बगैचा, बाजो जमिनलाई उत्पादनसंग जोड्ने लगाएतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख छ।
सिन्धुपाल्चोक । जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षकोलागि थुनामा रहेका युवकको मृत्यु भएको छ । पुर्पक्षकोलागि थुनामा रहेका सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का ४९ बर्षिय मइते गोलेको मृत्यु भएको हो । बिहान १० बजे रिंगटा लागेर ढलेका गालेलाइ उपचारको लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्युु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत कात्तिक महिनामा प्रहरीले गोलेलाइ पक्राउ गरि थुनामा राखेको थियो ।
काठमाडौं । सरकारले पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिमय पदार्थको मूल्य घटाउने निर्याय गरेको हो । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । अब डीजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।
अमेरिका । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनको हक खोसेको छ । सर्वोच्चले पछिल्लो फैसलामा ५० वर्षअघि ‘गर्भपतनको निर्णय लिने हक महिलामा रहेको’ भनेर गरेको फैसला उल्टाएको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो फैसलामा भनिएको छ, ‘संविधानले गर्भपतनको अधिकार दिएको छैन । हाम्रो तर्फबाट ‘रो वी वेड’ मुद्दा खारेज गरिएको छ । यो फैसलाको विरोधमा अहिले देशभर सडक प्रदर्शन भइरहेका छन् । राष्ट्रपति जो बाइडेनले प्रदर्शन शान्तिपूर्ण गर्न आह्वान गरेका छन् । पूर्व राष्ट्रपति बाराक ओबामालेसमेत अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।
काठमाडौं । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडा नम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् । पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए । तर, त्यसबारे यकिन विवरण भने नआइसकेको उनले बताए । वडाध्यक्ष तिमिल्सिनाका अनुसार पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । ‘यो बस्तीमा करिब ढेडसयभन्दा बढी घर छन् । ती सबै डुबानमा परेका छन्’ उनले भने, ‘टोलवासीहरूलाई उद्धार गरिएको छ । उनीहरूको कोही आफन्तकोमा गएका छन्, भने कोहीलाई मन्दिरमा राखिएको छ ।’…
वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन । यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता…
काशीराम जैसी,काठमाडौं । लामो समय सम्मको प्रचण्ड गर्मी र खडेरीपछि शनिबार बिहान देखि परेको वर्षाले कैलालीका किसानलाई राहतको अनुभूति भएको छ । धान रोप्ने समय भै सकेको भएपनि वर्षा भने भएको थिएन तर बिहानै देखि भएको वर्षाले अब धान रोप्न सहज हुने भएपछि किसान उत्साहित भएका छन् । प्रचण्ड गर्मी र कामविहीन भएर बसेका किसानलाई आजको वर्षाले राहत भएको हो । जिल्लाको सबै ठाउँमा आज बिहानैदेखि लगातार वर्षा भइरहेको छ । गर्मी घटाउनसँगै खेत खनजोत गरी अब रोप्न सहज हुने भएपछि आजको वर्षाले किसानले निकै राहतको अनुभूति गरेका छन् । जिल्लाभरिकै धेरैजसो खेतीयोग्य जग्गा आकाशे पानीकै भरमा खेती गनुपर्ने अवस्था…
युक्रेनले आफ्ना सैनिकलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछि हट्न निर्देशन दिएको छ । रुसी सैनिकले नियन्त्रणमा लिन खोजेको उक्त शहरमा हप्तौंदेखि लडाई चलिरहको छ । रुसी सेनाले सेभेरोडोनेट्स्क शहरलाई घेरा हालेर पूर्ण रुपमा आफ्नो कब्जामा पारेको छ । यसलाई युक्रेनको रणनीतिक शहरको रुपमा लिने गरिन्छ । यो शहर नियन्त्रणमा गएसँगै युक्रेनका मुख्य क्षेत्रहरु मध्य लिसिचान्स्क बाहेब सबै रुसी नियन्त्रणमा जाने छन् ।