रामेछाप-काठमाडौँ पत्रकार समाजमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार काठमाडौँमा सम्पन्न समाजको दोस्रो अधिवेशनले दीपेन्द्र गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा यसिमा महत, महासचिवमा प्रज्वल पौडेल, सचिवमा एलिना कार्की र कोषाध्यक्षमा दुर्गा खड्का चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा घनश्याम श्रेष्ठ, सुवास सुनुवार, पवन बराइली र राजकुमार खाती चयन भएका छन् ।