Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रामेछापको ७ वटा स्थानिय तहले गरे बजेट सार्वजनिक, कुन पालिकामा कति ?

    रामेछापको ७ वटा स्थानिय तहले गरे बजेट सार्वजनिक, कुन पालिकामा कति ?

    By सूचनापाना११ असार २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछापका ८ स्थानिय तहले आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम सार्वजनिक गरेको छन । ८ पालिका मध्ये ७ पालिकाले बजेट समेत सार्वजनिक गरेको छ । सुनापति गाउँपालिकाले भने २० गते पछि मात्रै बजेट सार्वजनिक गर्ने बताएको छ । आठै पालिकाले निति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिएका छन ।

    SuchanaPana.com

    रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले ११ औं नगर सभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । उपप्रमुख बालकुमारी कार्कीले ७४ करोड ६५ लाखको बजेट सभामा प्रस्तुत गरिन ।

    मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ४० करोड ७८ लाखको बजेट प्रस्तुत गरेको छ । मन्थली नगरकी उपप्रमुख इश्वरी बस्नेतले नगरसभामा १ अर्ब ४० करोड ७८ लाख ५३ हजारको बजेट प्रस्तुत गरेकीहुन । विनियोजित बजेटमध्ये चालुतर्फ ९६ करोड २७ लाख ३ हजार र पूँजीगत तर्फ ४४ करोड ५१ लाख ५० हजार रहेको छ । बाँडफाँड गर्न मिल्ने ५६ करोड ८ लाख ११ हजार रकम विनियोजन गरिएकोमा चालुतर्फ २६ करोड २८ लाख ७१ हजार र पूँजीगततर्फ ३० करोड ५ लाख ५१ हजार रहेको छ ।

    लिखु तामाकोसी गाउँपालिकाले ८३ करोड ३४ लाख बराबरको बजेट गाँउसभामा प्रस्तुत गरेको छ । निति तथा कार्यक्रममा हलेदेदेखी धोवी बजारसम्नको सडक कालोपत्रे गर्ने,खोलानालाहरुमा कल्भर्ड निर्माण,गौरवका ठुला आयोजनाहरु निर्माण कार्यलाई प्राथमिकता,एक घर एक धारा कार्यक्रम,गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माण,दुरागाउँ र खिम्ती विर्ता पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण,कृषि तथा पशु विमा कार्यक्रम अभियान संचालक गर्ने जस्ता महत्वोपुर्ण कार्यक्रमहरुलाइ प्राथमिकता दिइएको छ । त्यसैगरी विदेशबाट फर्केका युवाहरूलाई उत्पादनमुलक व्यवसाय गर्न प्रोत्साहन गर्ने ,१५ शैया अस्पताल निर्माण कार्यलाई तिव्रता दिने,निशुल्क लोकसेवा कक्षा सन्चालन,हरेक वडा र पालिकाको मुख्य बजारमा सिसिटिभी जडान गर्ने कुरा निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    गोकुलगंगा गाउपालिकाले ७१ करोड ६४ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । गाउपालिकाकी उपाध्यक्ष उषा कार्कीले बजेट प्रस्तुत गरेकीहुन । गाउँपालिकाले आर्थिक बिकास तर्फ १ करोड १८ लाख , सामाजिक बिकास तर्फ चार करोड ७५ लाख ,पुर्बाधार कार्यक्रम तर्फ ७ करोड ९७ लाख,बन बाताबरण तथा विपत व्यबस्थापन तर्फ १ करोड ३५ लाख,सुशासन तथा संंस्थाथागत बिकास तर्फ १ करोड र वडा कार्यालय ७ करोड २५ लाख बजेट बिनियोजन गरेको छ ।

    खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ८१ लाख १७ हजारको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ्ले बजेट प्रस्तुत गरिन ।

    सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्षको २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाकी उपाध्यक्ष गीता विष्टले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेकीहुन ।

    उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७० करोड ६६ लाख को बजेट ल्याएको छ । पालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले गाउँसभामा बजेट प्रस्तुत गरिन ।

    दोरम्बा शैलुङ् गाउँपालिकाले ५८ करोड १८ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ । पालिकाकी उपाध्यक्ष खमला थापा मगरले गाउँसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिन ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.