सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । ‘सामाजिक न्याय सहितको समृद्ध जुगल’ मूल नाराको साथ शुक्रबार भएको १२ औं गाउँ सभाबाट पालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ६६ करोड ३२ लाख ३ हजार रुपैंया बजेट पारित गरेको हो ।
गाउँपालिकाको उपप्रमुख हिमाल कुमार श्रेष्ठले आगामी आर्थक बर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताए ।
जुगल गाउँपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार र समृद्ध जुगल निर्माणको आधार’को नारा अघि सारेको छ । जुगललाई पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्न आवश्यक पहल गरिने र अन्य सामुदायिक वनहरूलाइ पनि दीगो पर्यटकीय स्रोतका रूपमा संरक्षण गर्न आवश्यक पहल नीति तथा कार्यक्रममा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए ।
स्वास्थ्य, उत्पादन र रोजगार हामो आधारभूत प्रतिबद्धताःसामाजिक न्याय सहितको समृद्ध जुगल निर्माण अभियानमा हामी सबैको सहभागिता भन्ने मूल एजेण्डा अघि सारेका छन् । समृद्ध जुगलको आधार शिक्षा, स्वास्थ्य कषि उत्पादन, रोजगार र पूर्वाधारलाई प्राथमिकतामा राखि जलस्रोत, पर्यटन र जडिबुटीलाई अघिल्लो सरकारले भन्दा सरकारले विशेष प्राथमिकतामा दिगो उत्पादनमा आधारित कार्यक्रमहरु अगाडि बढाउने भएको छ ।
साना घरेलु उद्योग, रोजगारीमूलक व्यवसायलाई बढुवा दिने, पूर्वाधारको विकासको माध्यमबाट जनतालाई आयमुलक तथा सीपमूलक कार्यमा प्रोत्साहित गरि आर्थिक सामाजिक, शैक्षिक विकास तथा गुणस्तरीय जीवन निर्वाहमा सघाउ पुर्याउने नीति योजना ल्याएको छ ।