Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वर्षाद संगै विपत्तिको त्रास शुरु !

    वर्षाद संगै विपत्तिको त्रास शुरु !

    By सूचनापाना११ असार २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    वर्षाद शुरु भएसँगै सम्भावित बाढी र पहिरोको सम्भावना बढेको छ । हरेका बर्षको बर्षाद शुरु हुनासाथ सर्वसाधारणमा संभावित बाढि पहिरो र जोखिमको त्रास सुरु भैसकेको छ । सरकारी मौसमविद हरुले पनि यस बर्ष गत बर्षको भन्दा बढि पानि पर्ने आँकलन गरेको कुरा बाहिर आईरहेको छ । उनिहरुको आकलनका आधारमा सरकारले अत्याधिक वर्षाद र वर्षाद सँगै बाढी पहिरोको सम्भावनालाई स्वीकारेको पनि छ । त्यसका लागि उसले आर्पm मातहतका सबै निकायहरुलाई सचेत र तयारी अवस्थामा बस्न निर्देशन गरेको छ ।

    SuchanaPana.com

    तर रामेछापको सन्र्दभमा भने त्यस्तो खालको तयारी देखिदैन । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछाप जिल्लामा भौगोलिक विविधतासँगै सोही खालको बस्ती रहेको छ । जुन वस्ती र बस्तीको बीचबाट खनेका सडकहरु पनि सर्वसाधारणका लागि अभिषाप जस्तै बनेको छ । यसअघिका सरकारहरुले सडक निर्माण र बिस्तारका नाममा खनेका सडकहरु अधिकांसको अवस्था दयनीय भएको छ । जुन कुराको बारेमा स्थानीय सरकार र जिल्ला विपद व्यस्थापन समितिले पनि चाहिने जति चासो दिएका छैनन् ।


    घरमा आँगलागी भएपछि कुवा खन्न थाल्ने खालको प्रवृत्तिले हाम्रो नेपाली समाजलाई पनि उत्तिकै सताएको छ । जुन कुराको बारेमा स्थानीय जनप्रतिनिधिहरु र प्रशासनसमेत पूर्णरुपमा जानकार छन् । सम्भावित संकटको निकासको सट्टा थप संकट निम्ताएर जोखिमको सामना गर्नको लागि आवश्यक पहल र समन्वय गर्नुपर्ने सरोकारवाला निकायहरुले पनि यस बारेमा खासै चासो दिएका छैनन् । हरेक वर्ष दैविप्रकोपको सामना गर्दै उठेको रामेछापले यस वर्ष पनि सर्वसाधारणले पाउने सक्ने सम्भावित जोखिमका वारेमा खासै सोचेको र अनुमान गरिरहेको देखिदैन ।

    यो मौसमका लागि गम्भीर बिषय पनि हो । यसका लागि जिल्ला विपद ब्यवस्थापन र स्थानीय सरकारहरुले “एकले थुकी सुकी सयले थुकी नदी” भन्ने शव्दलाई ब्यवहारमा उतार्दै जिल्लाका गाउँपालिकाका प्रमुख र कार्यालय प्रमुखहरुले समेतले आपसी समन्वयको आधारमा अहिलेदेखि नै पूर्व तयारीका साथ काम शुरु गर्नसक्नु पर्दछ ।

    त्यसमा पनि संघीय सरकारको जिम्वेवारी प्राप्त प्रमुख जिल्ला अधिकारीले सबै पालिकाका प्रमुख, उप–प्रमुख र नागरिक अगुवाहरु समेतलाई एकै ठाउँमा राखी सम्भावित जोखिमको पहिचान र उपायका बारेमा छलफल गरी निष्र्कषमा पुग्नु जरुरी हुन्छ । नेपालीमा एउटा भनाई छ “अभागीले परेर चेत्छ भाग्यमानीले देखेर चेत्छ ।” ,भन्ने उखानलाई ब्यवहारमा देखाउनका लागि उसले आप्mना सबै सबै सम्यन्त्रलाई प्रयोग गरी भाग्यमानी बन्ने प्रयास गर्न सक्नु पर्छ । यसका लागि समाजका अन्य पक्षले पनि हातेमालो गर्दै अगाडि बढाउनका लागि तयार हुनु जरुरी छ । सरोकारवालारुले बेलैमा सोच्नु जरुरी छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.