Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वर्षाद संगै विपत्तिको त्रास शुरु !

    वर्षाद संगै विपत्तिको त्रास शुरु !

    By सूचनापाना११ असार २०७९, शनिबार

    वर्षाद शुरु भएसँगै सम्भावित बाढी र पहिरोको सम्भावना बढेको छ । हरेका बर्षको बर्षाद शुरु हुनासाथ सर्वसाधारणमा संभावित बाढि पहिरो र जोखिमको त्रास सुरु भैसकेको छ । सरकारी मौसमविद हरुले पनि यस बर्ष गत बर्षको भन्दा बढि पानि पर्ने आँकलन गरेको कुरा बाहिर आईरहेको छ । उनिहरुको आकलनका आधारमा सरकारले अत्याधिक वर्षाद र वर्षाद सँगै बाढी पहिरोको सम्भावनालाई स्वीकारेको पनि छ । त्यसका लागि उसले आर्पm मातहतका सबै निकायहरुलाई सचेत र तयारी अवस्थामा बस्न निर्देशन गरेको छ ।

    SuchanaPana.com

    तर रामेछापको सन्र्दभमा भने त्यस्तो खालको तयारी देखिदैन । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछाप जिल्लामा भौगोलिक विविधतासँगै सोही खालको बस्ती रहेको छ । जुन वस्ती र बस्तीको बीचबाट खनेका सडकहरु पनि सर्वसाधारणका लागि अभिषाप जस्तै बनेको छ । यसअघिका सरकारहरुले सडक निर्माण र बिस्तारका नाममा खनेका सडकहरु अधिकांसको अवस्था दयनीय भएको छ । जुन कुराको बारेमा स्थानीय सरकार र जिल्ला विपद व्यस्थापन समितिले पनि चाहिने जति चासो दिएका छैनन् ।


    घरमा आँगलागी भएपछि कुवा खन्न थाल्ने खालको प्रवृत्तिले हाम्रो नेपाली समाजलाई पनि उत्तिकै सताएको छ । जुन कुराको बारेमा स्थानीय जनप्रतिनिधिहरु र प्रशासनसमेत पूर्णरुपमा जानकार छन् । सम्भावित संकटको निकासको सट्टा थप संकट निम्ताएर जोखिमको सामना गर्नको लागि आवश्यक पहल र समन्वय गर्नुपर्ने सरोकारवाला निकायहरुले पनि यस बारेमा खासै चासो दिएका छैनन् । हरेक वर्ष दैविप्रकोपको सामना गर्दै उठेको रामेछापले यस वर्ष पनि सर्वसाधारणले पाउने सक्ने सम्भावित जोखिमका वारेमा खासै सोचेको र अनुमान गरिरहेको देखिदैन ।

    यो मौसमका लागि गम्भीर बिषय पनि हो । यसका लागि जिल्ला विपद ब्यवस्थापन र स्थानीय सरकारहरुले “एकले थुकी सुकी सयले थुकी नदी” भन्ने शव्दलाई ब्यवहारमा उतार्दै जिल्लाका गाउँपालिकाका प्रमुख र कार्यालय प्रमुखहरुले समेतले आपसी समन्वयको आधारमा अहिलेदेखि नै पूर्व तयारीका साथ काम शुरु गर्नसक्नु पर्दछ ।

    त्यसमा पनि संघीय सरकारको जिम्वेवारी प्राप्त प्रमुख जिल्ला अधिकारीले सबै पालिकाका प्रमुख, उप–प्रमुख र नागरिक अगुवाहरु समेतलाई एकै ठाउँमा राखी सम्भावित जोखिमको पहिचान र उपायका बारेमा छलफल गरी निष्र्कषमा पुग्नु जरुरी हुन्छ । नेपालीमा एउटा भनाई छ “अभागीले परेर चेत्छ भाग्यमानीले देखेर चेत्छ ।” ,भन्ने उखानलाई ब्यवहारमा देखाउनका लागि उसले आप्mना सबै सबै सम्यन्त्रलाई प्रयोग गरी भाग्यमानी बन्ने प्रयास गर्न सक्नु पर्छ । यसका लागि समाजका अन्य पक्षले पनि हातेमालो गर्दै अगाडि बढाउनका लागि तयार हुनु जरुरी छ । सरोकारवालारुले बेलैमा सोच्नु जरुरी छ ।

    Related Posts

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार

    मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    ३ माघ २०७९, मंगलवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.