Author: सूचनापाना

रामेछाप। रामेछापको लिखु तामाकोशी गांउपालिकामा अब पहिले जस्तो गाउसभामै झगडा हुने अवस्था नआउनेमा आफू ढुक्क रहेको सभासद लक्ष्मी गुरुङले बताएकी छन् । लिखुतामाकोशी गाउपालिकाको नवौ गाउसभालाइ संबोधन गर्दै गुरुङले बितेको ५ वर्षको पालिकामा देखिएको अराजकताको अन्त्य सगै पालिकाले समग्र विकासको बाटो पहिल्याउने बताईन् । उनले भनिन् ‘अब नागरिक हरु बाठो भै सके। उनिहरुले पालिकाको राजा ढालेर सेवकलाइ भित्र्याएको छ।’ त्यस्तै पालिकामा चाहिने हरेक सहयोगकालागी आफ्नोपार्टी हरेक सहयोग गर्न तयार रहेको गुरुङले बताइन। बिगतको जनप्रतिनिधिहरुले जस्तो परको व्यवहार अबको जनप्रतिनिधिले नगर्नेमा आफू विस्वस्त समेत रहेको गुरुङले बताइन।

Read More

अमेरिकाको न्युयोर्क प्रहरीले नागरिकलाई दुःख दिने एक सय वटा मोटरसाइकललाई बुलडोजर लगाएर ध्वस्त बनाइदिएको छ । ध्वस्त बनाइएकामध्ये धेरैजसो मोटरसाइकल विशेषगरी कच्ची बाटोको लागि बनाइएका रहेका छन् । सहरमा तीव्र गतिमा कुदाउने, चर्को आवाज निकाल्ने, ट्राफिक नियमको पालना नगर्ने, पैदल यात्रुलाई ठक्कर दिँदै फुटपाटमा कुदाउने लगायतका गतिविधि गर्ने बाइकमाथि कारबाही गर्न नागरिकले उजुरी दिएका थिए । नागरिकको उजुरीको आधारमा मोटरसाइकल चालकलाई पटक–पटक सम्झाइबुझाइ गरे पनि नटरेकोले बुलडोजर नै लगाएर ध्वस्त बनाइएको न्युयोर्क सहरका मेयर एरिक एड्म्सले बताउनुभएको सीएनएनले जनाएको छ । ‘मोटरसाइकलहरू नागरिकका लागि साँच्चिकै खतरनाक थिए, त्यसैले जफत गरेर बिक्री गर्ने र कसैलाई अनुदानमा दिने भन्दा पनि ध्वस्त पार्न…

Read More

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाइराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म​ कायम राख्नुपर्ने उनको भनाइ छ । उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् । कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु…

Read More

काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल हेरफेर गर्न दबाब दिएर बुधबार साँझ कोटेश्वर स्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गरेका हुन् । कोटेश्वर स्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् । ‘हामीलाई किन हटाउनु पर्यो, हामीले राम्रै काम गरिरहेका…

Read More

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ । पार्टीको नाम स्वतन्त्र राखिएकामा विवाद भइरहेको छ…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो । अहिले बजेट स्वीकृत भइसक्दासमेत सो पार्टीबाट नयाँ मन्त्री आउन सकेका छैनन् । एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय तीन सातादेखि अलपत्र पर्दै आएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित…

Read More

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ । स्वास्थ्यमन्त्री खतिवडाले नै ‘औषधि (तस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायत कार्यसूची रहेको बताइएको छ ।

Read More

काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा सहभागि हुने टोली ले २६ खेलाडी राख्न पाउने भएका छन् । फिफाले कतार विश्वकपमा सहभागि हने टोलीमा खेलाडीको संख्या बढाएर २६ पुर्‍याएको हो । यसअघि फुटबल टोलीमा २३ खेलाडी समावेश गर्न पाइन्थ्यो । ती मध्ये १८ जनाको सूची हरेक खेल पूर्व बुझाउनुपर्ने हुन्थ्यो । अब भने सहभागि सबै २६ खेलाडीलाई हरेक खेलको लागि राख्न पाइने भएको छ । यसको अर्थ सुरुवाती एघारमा नपर्ने सबै १५ खेलाडीहरु सब्स्टीच्युट खेलाडीको रुपमा उपलब्ध हुनेछन् । कतार विश्वकप फुटबल यही नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारको दोहामा आयोजना हुँदैछ ।

Read More

अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती गर्नुपर्ने बहस चलिहरेका बेला त्यहाँको सर्वोच्च अदालतले उक्त अधिकारलाई झन् फराकिलो बनाईदिएको छ । सर्वोच्च अदालतले घरबाहिर बन्दुक बोकेर हिंड्न उचित कारण प्रस्तुत गर्नुपर्ने न्युयोर्क राज्यको कानूनलाई खारेज गर्दै बन्दुक बोक्ने अधिकारलाई पुनस्स्थापित गरिदिएको हो । सर्वोच्च अदालतले ब्यक्तिले घरबाहिर जाँदा लुकाएर बन्दुक बोक्नका लागि उचित अथवा सही कारण देखाउनुपर्ने कानूनी प्रावधानले अमेरिकी संविधानको उल्लंघन गरेको ठहर समेत गरेको छ । सर्वोच्च अदालतका ६ जना कन्जरभेटिभ न्यायाधीशहरुको तर्फबाट फैसला लेख्दै न्यायाधीश क्लेरेन्स थोमसले अमेरिकी नागरिकले आफ्नो सुरक्षाका लागि सार्वजनिक स्थानमा बन्दुक बोक्न पाउने आदेश दिएका हुन् । सर्वोच्च अदालतमा न्यायाधीश कन्जरभेटिभको बहुमत रहेको छ…

Read More

काठमाडौं । देशका सबै स्थानीय तहहरुले आज शुक्रबार बजेट ल्याउँदैछन् । स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट शुक्रबार आ–आफ्नो सभामा प्रस्तुत गर्नेछन् । कतिपय स्थानीय तहले भने बुधबार बिहीबार नै बजेट ल्याईसकेका छन् । नेपालको संविधानले जेठ १५ गते संघिय सरकारको बजेट, असार १ गते प्रदेश सरकारको बजेट र असार १० गते स्थानीय सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार शुक्रबार देशका प्राय सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने पहिलो वर्ष हो । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट…

Read More