Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जुरे पहिरोको आठ वर्ष : आफ्नै नाममा उठेको राहत रकम पीडितले पाएनन्, सुनकोसीमा पानी बढ्दा अहिले पनि तर्सिन्छन् पहिरोपीडित

    जुरे पहिरोको आठ वर्ष : आफ्नै नाममा उठेको राहत रकम पीडितले पाएनन्, सुनकोसीमा पानी बढ्दा अहिले पनि तर्सिन्छन् पहिरोपीडित

    By सूचनापाना१६ असार २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सम्झना कार्की,
    सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो । जुरेको बस्तीमाथिबाट पहाड खस्दा सिङ्गो बस्ती पुरियो भने एक सय ४५ जनाको ज्यान गयो, सयौँ परिवार विस्थापित भए ।

    SuchanaPana.com

    आठ वर्षअघिको पहिरोले जुरेकी सरिता तामाङको परिवार पनि विस्तापित बन्यो । उनी विदेशमा र श्रीमान भ्यान लिएर तातोपानी बोर्डर पुगेकाले बाँचेका थिए । तर, उनीले सासुससुरासँगै दुई छोरी र एक छोरा पहिरोमा गुमाए । घटनालगत्तै सरिता नेपाल आएकी हुन् ।

    हुर्कदै गरेका बालख छोराछोरी गुमाएर आफूहरू बाँच्नु परेको पीडाले उनीहरूलाई निकै सताउँछ । उनीहरू भन्छन्, ‘बुढेसकालमा टेक्ने लौरो गुमाउनुप¥यो । जत्तिबेलै यो पीडाले पोलिरहन्छ ।’ घटना सम्झिनासाथै सरिताको आँखा आँशुले भरिन्छ ।

    सरिताले एक सन्तानलाई जन्म पनि दिएकी छिन् । उनकी छोरी अहिले चार वर्षकी भइन् । सरिता यही छोरीसँग खेल्दै, रमाउँदै विगतका पीडालाई भुल्ने प्रयत्न गर्छिन् । पहिरोले जायजेथा बगेको दृश्य बिर्सन खोजे पनि यहाँका पहिरो पीडितहरूले बिर्सन सकिरहेका छैनन् । पहिरोपछि उनीहरूको बासस्थान टहरोमा भएको छ । सरिता भन्छिन्, ‘जीवन धान्न धेरै गाह्रो छ, टहराको बास छ । सरकारले बासको व्यवस्था गरिदिए हुन्थ्यो । त्यति पनि गर्न नसके हाम्रो नाममा आएको राहत रकम बाँडिदिए पनि हुने ।’

    यस्तै, सरस्वती बोहोराको पनि जुरे पहिरोले घरदेखि खेतबारी पहिरोमा परेको थियो । उनको परिवार सुकुम्बासी जस्तै भएको छ । उनीहरू अहिले अरनिको राजमार्गको किनारामा भुकम्प पीडित अनुदानबाट आएको पैसाले टहरा बनाएर बसिरहेका छन् । तर, बर्खामा सुनकोसी नदी उर्लिएर आउँदा किनारैमा रहेको टहरो बगाउला की भन्ने पिरलो परिरहन्छ ।

    पहिरोपीडित सुनकोसीमा पानी बढ्दा तर्सिन्छन्
    सुनकोसीमा पानीको सतह बढ्नासाथै उनीहरू पोकापन्तरा बोकेर खुल्ला पाखातिर लाग्छन् । पहिरोले उठिबास लगाएका यहाँका विस्थापितलाई अहिले पनि सुनकोसी बाढीको त्रास छ ।

    यता, जुरे पहिरो पीडितको नाममा संकलित रकम आठ वर्षसम्म सरकारी खातामा मै रोकिएको छ । दैनिक गुजार चलाउन मुस्किल भएको बेला आफ्नो लागि संकलन भएको रकम नपाएकोमा दुःख लागेको बताउँछिन बिनिता लामा । पहिरो पीडितका लागि तत्काल विभिन्न देशमा रहेका व्यक्ति तथा गैरसरकारी निकायबाट दुई करोड २४ लाख रुपैयाँ सहयोग जम्मा भएको थियो ।

    जुरे पहिरो पीडितलाई पनि भुकम्प पीडित सरह मानेर सरकारले आवास निमार्णको लागि तीन लाख रकम दिएको थियो । म्याग्नेसाईट उद्योगमा बस्दै आएका पीडितलाई घर बनाउन आवश्यक जग्गा व्यवस्थापन गर्न भने सरकारले सकेन । यति लामो समय हँुदा पनि वास्तविक पीडित को को हुन् भन्ने निक्र्यौल स्थानीय तहले गर्न सकेन् । १४ मंसिर ०७६ को मन्त्रीपरिषद्को निर्णयले पहिरोपीडितलाई भूकम्पपीडितसरह रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

    पहिरो पीडितको नाममा संकलित रकम पीडितलाई दिलाउन पहल भइरहेको विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोक फोकल पर्शन श्यामकृष्ण श्रेष्ठले बताए । आठ वर्षअघि नै वितरण हुनुपर्ने रकम समयमै वितरण हुन नसक्दा पीडित अन्योलमा परेका छन् । लामो समय बितिसक्दा पनि पीडितको समस्या भने ज्यूँका त्यूँ छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.