Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु 

    वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु 

    By सूचनापाना१६ असार २०७९, बिहीबार

    काठमाडौं । भक्तपुर, स्याङ्जा, कञ्चनपुर प्युठानमा वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ । 

    SuchanaPana.com

    भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाईएको पर्खाल वर्षाको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६  वर्षीया नारायण देवी थापा रहेकी छन् । उनको पुरिएर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

    पर्खाल नजिकै हिँडिरहेको अवस्थामा पर्खाल भत्किँएर पुरिएकी उनको स्थानीय र प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । 

    स्याङजाको गल्याङ नगरपालिका–१० डुबिनडाँडा बस्ने ढाकाराम भट्टराईको धन्सार बर्षाको कारण भत्किँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही धन्सारमा सुतिरेकी उनकी छोरी १२ वर्षीया रेखा भट्टराई रहेकी छन् । उनको बुधबार मृत्यु भएको हो । 

    धन्सार भत्किँएर पुरिँदा गम्भीर घाइते भएकी उनको गल्याङ नगर अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका उनकै छोरा १६ वर्षीय लक्ष्मण भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरी बस्ने गोमा साउँदको घर वर्षाको कारण भत्किँदा पुरिएर सोही घरमा बस्दै आएका लाल बहादुर खुनाकी एक वर्षीया छोरी करिष्मा खुनाको मृत्यु भएको छ । 

    घर भत्किँदा गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पुरिएर घाइते भएका बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ४०  वर्षीय मान्ते थारू र लाल बहादुरको छोरा ११ वर्षीय अर्जुन खुना उपचार पश्चात डिश्चार्ज भएका छन् । 

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.