काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीले स्वीकृत गरेको प्रदेशसभामा जानकारी गराएपनि उनी आफैले राजीनामा नदिएको बताएकी छन् ।
जेठ ३१ गते उनका प्रेमी भनिएका दाङका एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमति तथा छोरीलाई कुटपिट तथा घरमा तोडफोडको आरोप लागेकी राज्यमन्त्री वलीले १२ गते राजीनामा दिएको र बुधबार स्वीकृत गरिएको मुख्यमन्त्री केसीले सदनमा जानकारी दिएका थिए ।
तर वली आफैले राजीनामा नदिएको दावी गरेकी छन् । विमलाले बुधबार नै आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी थिइन्। उनको राजीनामा नदिएको भनाइ र सरकारले स्वीकृत गरेको विषयले उनलाई थप विवादमा तानेको छ ।
यसअघि पनि उनका धेरै निर्णय यसैगरी विवादमा आएका थिए ।