रामेछाप। रामेछापको लिखु तामाकोशी गांउपालिकामा अब पहिले जस्तो गाउसभामै झगडा हुने अवस्था नआउनेमा आफू ढुक्क रहेको सभासद लक्ष्मी गुरुङले बताएकी छन् ।
लिखुतामाकोशी गाउपालिकाको नवौ गाउसभालाइ संबोधन गर्दै गुरुङले बितेको ५ वर्षको पालिकामा देखिएको अराजकताको अन्त्य सगै पालिकाले समग्र विकासको बाटो पहिल्याउने बताईन् । उनले भनिन् ‘अब नागरिक हरु बाठो भै सके। उनिहरुले पालिकाको राजा ढालेर सेवकलाइ भित्र्याएको छ।’
त्यस्तै पालिकामा चाहिने हरेक सहयोगकालागी आफ्नोपार्टी हरेक सहयोग गर्न तयार रहेको गुरुङले बताइन। बिगतको जनप्रतिनिधिहरुले जस्तो परको व्यवहार अबको जनप्रतिनिधिले नगर्नेमा आफू विस्वस्त समेत रहेको गुरुङले बताइन।