ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ को र्याले गाउँका २० घर पहिरोको जोखिममा परेका छन् ।
११ वर्षदेखि गाउँ निरन्तर आईरहेको पहिरोको कारण गाउँ नै जोखिममा परेको हो ।
२०७१ सालमा आएको पहिरोका कारण यस क्षेत्रका ५ घर विस्थापित भएका थिए । उनीहरूले घर बारी सबै पहिरोले बगाउँदा पनि कतैबाट राहत नपाएको गुनासो गरेका छन् ।
पहिरोले हालसम्म र्याले गाउँको ५० रोपनीभन्दा बढी जग्गा बगाईसकेको स्थानीयको भनाई रहेको छ । पहिरो नियन्त्रणका लागि स्थानीयले माग गर्दै आएका छन् ।