Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सवारी दुर्घटनामा ५ जनको मृत्यु, एक बेपत्ता

    सवारी दुर्घटनामा ५ जनको मृत्यु, एक बेपत्ता

    By सूचनापाना५ असार २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।

    SuchanaPana.com

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ छोटेटारमा हिजो बेलुकी जिप दुर्घटना हुंदा जिपमा सवार २ जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा चालक रुकुम पश्चिमको बाफिकोट गाँउपालिका ८ दुलीका अन्दाजी २६ बर्षीय प्रकाश घर्ति र सोही स्थानका अन्दाजी २४ बर्षीय कविराम वि.क रहेका छन्।

    जाजरकोटको रिम्नाबाट रुकुम पश्चिमको आठबिसकोट तर्फ आँउदै गरेको लु१ज १८९७ नम्बरको जिप हिजो बेलुकी साढे ७ बजे नियन्त्रण गुमाएर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो। गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि नगर अस्पताल राडी पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय आठबिसकोट रुकुम पश्चिमले जनाएको छ।

    काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ तामाघाट पुल नजिक आज बिहान सवारी साधनको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। मृतक अन्दाजी ३२ वर्षीया युवतीको सनाखत हुन बाँकी रहेको छ। आज बिहान ५ बजे नम्बर नखुलेको सवारी साधने ठक्कर दिदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। दुर्घटना पश्चात् सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी पाँचखालले जनाएको छ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका २ मा गएराति मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार भारतिय नागरिक ३० वर्षीय उज्जल सिंह रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज अफ साईन्स भैरहवामा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय सिराज अहमद मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ। भारतीय नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    बर्दियाको बासगढी नगरपालिका ९ माछागढ चोक नजिकै गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ५१ वर्षिय दिल बहादुर केसी रहेका छन् । उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा राति १० बजे मृत्यु भएको हो। गएराति साढे ९ बजे सुदूरपश्चिम प्रदेश ०१ ००१ ख २५८२ नम्बरको बसले केसी सवार भे ११ प ७९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

    दुबै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी लक्ष्मणाले जानकारी दिएको छ।

    यता चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन्।

    इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ छुटेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन्।

    कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ।

    बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.